संगीतसम्बद्ध ६ संस्थाले भने– सुवास रेग्मीविरुद्धको अनुसन्धानमा सघाउँछौं
स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै भन्दै संगीतसम्बद्ध ६ संघसंस्थाले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीको उक्त कार्यप्रति खेद व्यक्त गरेका छन् । फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीविरुद्ध प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीप्रति उनीहरुले समर्थन जनाएका छन् । गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी


