उर्लाबारी महोत्सवमा दुर्गेश थापादेखि ज्योति मगरसम्म प्रस्तुति रहने

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारीमा आगामी फागुन १५ देखि २५ गतेसम्म “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” मा चर्तित कलाकारहरुले प्रस्तुती दिने भएका छन् । महोत्सवमा चर्चित गायक दुर्गेश थापा देखी ज्योति मगर सम्मले सांगितिक प्रस्तुती दिने भएका छन् । महोत्सवको पहिलो दिन सुमधुर स्वरका धनी राजनराज शिवाकोटी र नन्दु

प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा एभरेष्टकी आभा प्रथम

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित एभरेष्ट आमाविका छात्रा आभा केरुङले प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । शनिबार विराटनगरमा कस्मस एजुकेशन ट्रेनिङ एण्ड रिशर्च सेन्टरले आयोजना गरेको प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा आभाले प्रथम स्थान हासिल गरेकी हुन् । एभरेष्ट स्कुलमा कक्षा–३ मा

जिल्ला अधिवशेनका लागि पथरी शनिश्चरे नगरबाट प्रतिनिधि चयन

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेकपा (एमाले) मोरङ जिल्लाको ११ औं अधिवेशनको लागि पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिनिधि चयन गरिएको छ । शनिबार नगरको १० वटै वडाबाट प्रतिनिधि चयन गरिएको हो । वडा नं. १ बाट भीमकुमार राई, धनकुमार तामाङ, बाबुराम ऐङदेन लिम्बु, जयराम विष्ट, दुर्गादेवी दंगाल सुवेदी, विश्वमणि निरौला, कुलमणि गुरुङ,

डिटेल एजुकेशन कन्सल्टेन्सीको पथरी शाखा उद्घाटन

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे–१, जातेमोडस्थित झण्डा घरमा डिटेल एजुकेशन कन्सल्टेन्सीले आफ्नो तेस्रो शाखा स्थापना गरी औपचारिक उद्घाटन गरेको छ । शनिबार आयोजित विशेष समारोहमा सो शाखाको उद्घाटन गरिएको हो । कोशी प्रदेशसभा सदस्य मा. मान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कन्सल्टेन्सीका सीईओ योगेन्द्र चौहान, वडा नं १

आदर्श सीता आधारभूत विद्यालयको १८ औं वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ रिंगुवामा स्थापित श्री आदर्श सीता आधारभूत विद्यालयले आफ्नो १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ मनाएको छ । आज विद्यालय हातामा भएको सो कार्यक्रममा विद्यार्थीहरुका लागि विभिन्न पुरस्कार, विद्यालयलाई सहयोग गर्नुहुने दाताहरुलाई सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव हुने

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारीमा आगामी फागुन १५ देखि २५ गतेसम्म “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” आयोजना हुने भएको छ । महोत्सवको मुख्य उद्देश्य स्थानीय व्यावसायीहरूको सुरक्षाको सुनिश्चितता गर्दै, “आगो निभाउने उपकरण fire extinguisher refilling गर्नु रहेको छ । उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवले स्थानिय व्यापार

प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा उत्कृष्ट एभरेष्ट

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा एभरेष्ट आवासीय माविले उत्कृष्टता हासिल गरेको छ । पथरी शनिश्चरे–१ मा स्थापित एभरेष्टले नगरपालिकाद्वारा आयोजित भागिरथ माविमा भएको प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा उत्कृष्टता हासिल गरेको हो । एभरेष्टको कक्षा–११ कि गरिमा

सेवा अवधि बाँकी छँदै एआईजी रवीन्द्र केसीले किन दिए राजीनामा

क्रेजी संवाददाता काठमाण्डौं। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । आगामी ५ चैतसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् । प्रहरी हेडक्वार्टर स्रोतका अनुसार केसीले राजीनामापत्र बुझाइसकेका छन्, जसलाई आगामी मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ । मन्त्रिपरिषद्ले स्वीकृति

१० दिनसम्म पनि नियन्त्रण हुन सकेन मनाङको डढेलो

क्रेजी संवाददाता मनाङ। जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

क्रेजी संवाददाता काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा,