
पाथीभरा केबलकार विवादः आन्दोलनरत पक्षसँग भोलि वार्ता हुने
क्रेजी संवाददाता काठमाडौं। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण विवादमा आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच भोलि वार्ता हुने भएको छ । नेकपा एमालेका सांसद योगेश भट्टराईका अनुसार वार्ता सोमबार साँझ ६ बजे गृहमन्त्रालयमा हुनेछ । उनले आइतबार आन्दोलनरत पक्षसँग संवाद गरेको जानकारी पनि दिएका छन् । ‘आज बिहान १० देखि