३३ किलो सुन प्रकरण : ‘गोरे’ सहित ६ जनालाई जन्मकैद

विराटनगर । मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो । यस्तै अदालतले सुन

उद्योगीहरुद्वारा कर्जाको ब्याजदर घटाउन माग

क्रेजी संवाददाता विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले बैंकको कर्जाको ब्याजदर घटाउन सरकारसँग माग गरेका छन् । विराट व्यापार संघले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाउँदै ब्याजदर घटाउन माग गरेको हो । संघको अगुवाइमा पुगेका पदाधिकारी र उद्योगी व्यापारीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सरकारलाई ज्ञापत्र पठाएका हुन् । विराट व्यापार संघका

बलिउडका तीन कलाकार काठमाडौंमा

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए । टोली आज

पूर्वफिफा रेफ्री लव खत्रीको निधन

पूर्वफिफा रेफ्री लव खत्रीको ५० वर्षको उमेरमा सोमबार निधन भएको छ । सोमबार बिहान वाथरुममा लडेपछि उपचारका लागि नख्खुस्थित मेडिसिटी हस्पिटल पछि उनको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । सन् २०१८ मा रेफ्री पद छाडेका उनी पछिल्लो समय रेफ्री इन्स्ट्रक्टरको रुपमा कार्यरत थिए । खत्री रेफ्री

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि

म्यानचेस्टर सिटी र लिभरपुलबीच बराबरी

इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । सडियो मानेले खेलको ५९ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ६९ मिनेटमा फिल फोडेनले सिटीबाट बराबरी गोल फर्काए । मोहम्मद सलाहले ७६ मिनेटमा गोल गरेपछि लिभरपुल २–१ ले अघि बढेको थियो । तर

चेन्नाइलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई तीन विकेटले पराजित गरेको छ । यसजितपछि १३ खेलबाट २० अंक जोड्दै दिल्ली शीर्ष स्थानमा समेत उक्लेको छ । दुबईमा सोमबार राति भएको खेलमा चेन्नाइले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरे । दिल्लीको

ईपीएलमा भैरहवाले चितवनलाई हरायो

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो चितवनको पहिलो हार हो । चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो । भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाए

रियल मड्रिड स्पानयोलसँग स्तब्ध

स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड स्पानयोलसँग पराजित भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा स्पानयोलले रियल मड्रिडमाथि २–१ को जित हात पारेको हो । घरेलु मैदानमा खेलको १७औं मिनेटमा राउल थोमसले गोल गर्दै स्पानयोललाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा एलेक्स भिदालले गोल गर्दै स्पानयोलको अग्रता

आईपीएलमा कोलकाताले हैदरावादलाई हरायो

ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत आइतबार राति भएको खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।ओपनर शुभमन गिलको अर्धशतक मद्दतमा हैदरावादले दिएको ११६ रनको लक्ष्य कोलकताले १९.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरे । गिलले ५१ लब खेल्दै १० चौका मद्दतमा ५७ रन बनाए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.