क्यास्टेलानोसले चार गोल गर्दा रियल पराजित
जिरोनाका स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसले चार गोल गरेपछि साबिक विजेता रियल मड्रिड ला लिगामा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल ४–२ गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गर्दै क्यास्टेलानोसले जिरोनालाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास

