सौगात र अर्पणलाई लिएर ग्याङस्टर फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने
‘लेभल : एक्स नाइन’लाई पछि धकेल्दै निर्देशक मुकुन्द भट्टले फिल्म ‘चोर पुलिस ः टम एण्ड जेरी’को घोषणा गरेका छन् । फिल्म निर्माणको औपचारिक घोषणा गर्दै बुधबार टिजर पोस्टर सार्वजनिक गरिएको छ । यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला

