स्मार्ट फोनको टावरमा आगजनी
क्रेजी साप्ताहिक गुल्मी । गुल्मीको धुर्कोटमा रहेको स्मार्ट फोनको टावरमा आइतबार राति आगजनी भएको छ । धुर्कोट गाउँपालिका–६ धुर्कोटस्थित रजस्थलमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार राति करिब ११ बजेको समयमा भएको आगजनीबाट टावरको ओडीबक्स पूर्ण रुपमा जलेर क्षति भएको छ ।


