
भोजपुरमा भिरबाट लडेर १ जनाको मृत्यु
क्रेजी साप्ताहिक । भिरबाट लडेर भोजपुरको साल्पासिलिचो गाउँपालिका २ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका २ बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको मृत्यु भएको छ । ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर मंगलवार राती ७ बजेको समयमा बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।