सुन्दरहरैचालाई २–० गोलले पराजित गर्दै पथरीशनिश्चरे फाईनलमा प्रवेश

ईस्वर दुलाल पथरी। उज्यालो जीवन प्रतिष्ठान नेपालले आयोजना गरेको पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाको टिम सेमिफाइनल हुँदै फाइनल प्रवेश गरेको छ । सुन्दरहरैचा नगरपालिकालाई २–० गोलले पराजित गर्दै पथरी शनिश्चरे टिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । पथरी शनिश्चरे नगर खेलकुद विकास समिति अध्यक्ष दिपक राईका अनुसार टिमको

प्याब्सन मोरङमा बरिष्ठ उपाध्यक्ष पदका लागि उपेन्द्र कँडेलको उम्मेदवारी

ईश्वर दुलाल मोरङ। निजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मोरङ जिल्लाको १६ औं चुनावी साधारणसभामा बरिष्ठ उपाध्यक्ष पदका लागि उपेन्द्र कँडेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। सोमबार प्याब्सन मोरङको कार्यालयमा उहाँले आफ्नो मनोनयन दर्ता गर्नुभएको हो। उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने कँडेलले संस्थागत विद्यालयहरूको हकहितका लागि लामो समयदेखि सक्रिय

नगर प्रमुख तुम्वापोद्वारा कवर्डहलको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कवर्डहलको उद्घाटन गर्नुभएको छ । शुक्रबार पथरी शनिश्चरे वडा नं. १० मा प्रमुख तुम्वापोले सो कवर्डहलको उद्घाटन गर्नुभएको हो । पथरी शनिश्चरे नगरपालिकाको २३ लाख बढी लगानी र पथरी शनिश्चरेका व्याडमिन्टन खेलाडी र स्थानीय सरोकारवाला संघ संस्थाहरूको

पथरीमा निल डेभिडको ८ औं वार्षिकोत्सव मनाइयो

क्रेजी साप्ताहिक पथरी । निल डेभिड हेयर एण्ड व्युटी सेलुन पथरी शाखाले ८ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । आईतबार शाखाले केक काटेर आफ्नो ८ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोसत्वको अवसमार शाखाले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा क्षेत्रलाई पनि वृद्धि गरेको छ । आफ्नो शाखाको अगाडि निल

पथरीमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम २०८१ धुमधामका साथ सम्पन्न भएको  छ । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम भएको हो । प्रमुख अतिथि तुम्वापोले नगरवासी स्वदेश तथा विदेशमा

पथरीमा चासोक तङ्नामको तयारी पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा यो वर्षको चासोक तङ्नामको तयारी पूरा भएको आयोजकले जनाएको छ । किरात याक्थुङ चुम्लुङनगर शाखा पथरी शनिश्चरे सिरिजंगा स्मृति धार्मिक वनले पत्रकार सम्मेलन गरी सो विषयमा विस्तृत जानकारी दिएको हो । चासोक तङ्नाम कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ र ५ का

सेवाकालीन प्रशिक्षण कार्यक्रमको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । विहिबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सो कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । नगरको प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको

‘सामुदायिक वनको विकासको निमित्त स्थानीय सरकार बाधक होइन’– वडाध्यक्ष राई

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का अध्यक्ष भीमकुमार राईले सामुदायिक वनहरूको विकासको निमित्त स्थानीय सरकार बाधक नभएको बताउनुभएको छ । आज वडा नं. १ मा स्थापित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १६ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष राईले सो कुरा बताउनुभएको

बेलबारी खेलकुद प्रवद्र्धन तथा साँस्कृतिक महोत्सव १७ गतेदेखि

क्रेजी संवाददाता लक्ष्मीमार्ग । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा यही मंसिर १७ गतेदेखि बेलबारी खेलकुद प्रवद्र्धन तथा साँस्कृतिक महोत्सव–२०८१ हुनेभएको छ । लक्ष्मीमार्गको स्थानीय एल. एक्स. सिटी फुटबल क्लबको आयोजनामा १७ दिने महोत्सव हुन लागेको शनिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्ने वातावरण सिर्जना

मदन प्रतिष्ठानमा मंसिर १६ र १७ गते बृहत् विज्ञान प्रदर्शनी हुने

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारीमा स्थापित मदन भण्डारी स्मृति प्रतिष्ठानको आयोजनामा बृहत् विज्ञान, प्रविधि तथा वास्तुकला सम्बन्धी प्रदर्शनी ‘आगमन–२.०’ हुने भएको छ । प्रतिष्ठानले गत वर्षदेखि सुरुवात गरेको प्रदर्शनीमा यस पटक ६ हजार बढीले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले मंसिर