धरानमा नेकपा छोडेर काङ्ग्रेस प्रवेश गर्नेको ओइरो

क्रेजी साप्ताहिक धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई फाइदा हुने गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेaश गर्ने लहर नै चलेको छ । धरान उपमहानगर–१७ मा नेकपासहित विभिन्न पार्टीबाट ३५ जना नेता कार्यकता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्

काँग्रेस सांसद र नगर सभापतिबीच वीरगञ्जमा कुटाकुट

क्रेजी साप्ताहिक । नेपाली काङ्ग्रेसका वीरगञ्ज नगर सभापति भोला कलवार र नेपाली काङ्ग्रेसका साँसद ओमप्रकाश शर्माबीच कुटाकुट भएको छ । प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि कुटाकुट भएको हो । नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले

पोस्टर कपिको आरोप लागेपछि विवादमा ‘सेल्फी किङ’

क्रेजी साप्ताहिक । पोष्टर कपिको आरोप लागेपछि चलचित्र ‘सेल्फी किङ’ विवादमा फसेको छ । अभिनेता विपिन कार्कि अभिनित सो चलचित्रको पोस्टर सोमवार सार्वजनिक भएलगत्तै हलिउड फिल्म ‘जोकर’ को पोस्टरझैं देखिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आएका थिए । हास्य कलाकारको भूमिकामा देखिँदै गरेका अभिनेता कार्की सो फिल्ममा ‘जोकर’ को गेटअपमा देखिएका

गाउँपालिकाद्धारा गर्भवतीलाई अण्डा उपहार

क्रेजी साप्ताहिक । गर्भवती महिलाकालागि सुनसरीको बर्जु गाउँपालिकाले अण्डा उपहार दिन सुरुवात गरेको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिकाको कार्यालयले वडा नम्वर २ बाट सो अभियानको थालनी गरेको छ । गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले अभियानको शुभारम्भ गरेका हुन् । नियमित स्वास्थ्य जाँच गराउने परिपाटीको विकास गराउने उद्येश्यसाथ गर्भवतीकालागि

भ्रामक समाचार नलेख्न सञ्चारकर्मीहरुलाई आग्रह

क्रेजी साप्ताहिक पथरी । मोरङको कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेले हत्या जस्तो जघन्य आरोप सहितको भ्रामक समाचार नलेख्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन । सोमबार कानेपोखरीको रमाइलोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख काफ्लेले कसैको हत्या जस्तो गम्भीर बिषयमा पुष्टि नहुने र चरित्र हत्याहुने समाचार नलेख्न आग्रह गरेका हुन् । पुष्टी नहुने

पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । आठौ राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मोरङको पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार आन्तरिक राजश्व कार्यालय विराटनगरको आयोजना र पथरी उद्योग वाणिज्य संघको व्यवस्थापनमा सो अन्तरक्रिया भएको हो । राजस्व कार्यालय विराटनगरको प्रमुख कर अधिकृत विमल सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा

कार्यवाहक वडाध्यक्ष घुससहित पक्राउ

क्रेजी साप्ताहिक पथरी । मोरङको जहदा गाउँपालिका १ का कार्यबहाक वडाध्यक्ष उमेशकुमार साह घुससहिते पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले २१ हजार रुपैयाँ घुससहित साहलाई वडा कार्यालय परिषरबाट आज दिउँसो रंगेहात पक्राउ गरेको हो । सडक स्तरोन्नतीको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेको आरोपमा पक्राउ

काङ्ग्रेसले वर्तमान सरकारका २१ महिनाका २१ असफलता सार्वजनिक गर्ने

क्रेजी साप्ताहिक । वर्तमान सरकारको २१ महिनाको २१ असफलता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । अहिलको सरकार जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल

५८ किलो चरेससहित पाँच पक्राउ

क्रेजी साप्ताहिक ५८ किलो चरेससहित प्रहरीले बर्दियाबाट पाँच जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ७–स्थित भन्सार क्षेत्रबाट सो चरेस आइतबार विहान बरामद गरिएको प्रहरीले जनाएको छ । बर्दियाका प्रहरी नायव उपरीक्षक रामशंकर कोहारका अनुसार पक्राउ परेकाले बोकेको कालो झोलाभित्र प्लाष्टिकले बेरेर लुकाइराखेको अवस्थामा ५८ किलोग्राम चरेस बरामद भएको हो

कानेपोखरी गाउँपालिकामा दुई दिने कार्यशाला

क्रेजी साप्ताहिक कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा सामरी उत्थान सेवाले दुई दिने स्थानीय विपत व्यवस्थापन योजना निर्माण कार्यशाला सुरु गरेको छ । कानेपोखरी गाउँपालिकाको सहयोगमा र सामरी उत्थान सेवाको आयोजनामा गाउँपालिकाको सभाहलमा कार्यशाला सोमबार विपत व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेका थिए । कार्यशाला मंगलबार समापन