श्रीमान र श्रीमतीद्धारा छिमेकीको हत्या

क्रेजी साप्ताहिक । इनरुवा ३ का कारी यादवको हत्यामा छिमेकी श्रीमान र श्रीमतीको संलग्नता खुलेको छ । इनरुवा ३ सोमबारेका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता यादवको प्रत्यक्ष संलग्नता रहेको खुलेको हो । प्रहरीले हत्यामा संलग्न दुवैलाई पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरेको छ । कारी

धरानका राहुल भए मिस्टर फेसन मोडल

क्रेजी साप्ताहिक धरानका राहुल अग्रवालले भर्खरै मात्र थाईल्याण्डमा सम्पन्न प्रिन्स एंड प्रिन्सेस इन्टरनेसनलमा मिस्टर फेसन मोडलको टाइटल उपाधि हात पारेका छन् । उत्कृस्ट पाँचमा समेत परेका राहुलले उपाधिको घोषणासंगै क्राउन तथा ट्रफी पाएका थिए । धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुल अग्रवालले गत श्रावणमा काठमाडौँ

छाडे म्याराडोनाले प्रशिक्षक पद

अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले अर्जे्न्टिनी क्लब जिम्नासियाको प्रशिक्षक पद छाडेका छन् । उनी जम्मा ७२ दिन प्रशिक्षक रहे । र, प्रशिक्षकका रुपमा जिम्नासियालाई जम्मा तीन जित दिलाए र १३ खेल खेलेको टिम अर्जेन्टिना प्रिमेरा डिभिजनको २२ औं स्थानमा छ । पछिल्लो खेलमा अल्डोसिभीलाई ३–० ले हराएपनि म्याराडानो र क्लब अध्यक्ष

सपनकोे ‘लै बरी लै..’ (भिडियो सहित)

गायक सपन श्रेष्ठको नयाँ गीत ‘लै बरी लै..’ सार्वजनिक भएको छ । गायक सपन र र्यापर प्रिन्स राज फिचर भएको ‘लै बरी लै...’ बोलको नयाँ गीतको म्युजिक भिडियो नेपाली प्रयाङ्क मिनिस्टर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ । गायक श्रेष्ठको म्यूजिक भिडियोमा नेपालका चर्चित मोडलहरु मोडल तनुजा गुरूङ, सुष्मा अधिकारी,

जिल्ला सेक्रेटरी सहित तीन जना नेकपामा प्रवेश

क्रेजी साप्ताहिक विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सेक्रेटरी नवराज नेपाल सहित तीन जना नेकपामा प्रवेश गरेका छन् । बुधबार विराटनगरमा अवस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमका बीच उनीहरुले ‘विप्लव’ समूह छाड्दै नेकपा प्रवेश गरेका हुन् । नेकपा प्रवेश गर्ने अन्यमा विराटनगर नगर

अर्जुन रामपाल र मेहर जेसियाको डिभोर्स

विवाह भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ । मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ । मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो । न्यायधिसले दुई छोरी माहिका र मायारलाई

ज्यामिरले सर्किएर राईको मृत्यु

क्रेजी साप्ताहिक कानेपोखरी । कानेपोखरी गाउँपालिका–५ जदाहा बस्ने बर्ष ६५ को राजकुमार राईको ज्यामिरले सर्किएर मृत्यु भएको छ । बुधबार दिउँसो साढे २ बजेको समयमा सोही स्थान बस्ने रत्नबहादुर लिम्बुको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको

सृजना चौतारीमा उर्लदैछन् सर्जकहरू

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरेबाट साहित्यिक गतिविधि नभएका होइनन् । यो नगर साहित्यिक गतिविधिको उर्वरस्थल पनि हो । यहाँको साहित्यिक गतिविधिले यस नगरको गरिमालाई बढाइरहेको छ, करिब दुई दशकदेखि नै यस नगरमा साहित्यका हरेक गतिविधिले प्रश्रय पाउँदै आएको छ । त्यसमा केही वर्षबाट एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मङ्सिर ७ गते शनिबारका

सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट

क्रेजी साप्ताहिक । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट आज ट्याक्सी चढेर बाहिरिएका छन् । रामेश्वर राय यादवले आज आफ्नो स्थानमा पदभार ग्रहण गरेपछि विष्ट ट्याक्सी चढेर निवासतर्फ लागेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए । मन्त्री विष्ट

कम्युनिष्टले धोका दिएका कारण धरान १६ का बासीन्दाले काङ्ग्रेसलाई भोट दिने

क्रेजी साप्ताहिक धरान : कम्युनिष्टले पटक–पटक धोका दिएका कारण धरान १६ का वडाबासीले अब कांग्रेसलाई भोट दिने प्रतिबद्धता जाहेर गरेका छन । नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको चुनाबी कार्यक्रम अन्तरगत मङलवार र बुधबार दुई दिन आयोजित घरदैलौ कार्यक्रममा वडाबासीले उम्मेदवार राईसंग त्यस्तो प्रतिबद्धता जाहेर गरेका हुन । वडाको लेखनाथ चौक,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.