वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट
काठमाडौं । अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा सोमबार गरेका हुन् । यो प्रबन्ध नेपाल वायुसेवा निगममा तत्काल लागु हुने र निजी क्षेत्रका हवाइसेवा कम्पनीहरुसँग पनि यस बारेमा परामर्श

