भीरबाट ३ सय गाई खसालियो २२ मरे अरू घाइते
क्रेजी साप्ताहिक पथरी । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका करिब तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ ।नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ ओटा गाई बिहीबार राति भीरबाट खसालिएको हो । भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् भने अरू घाइते भएका छन्


