हलमा लागे ‘डेसान’ र ‘सोल अफ द कमाण्डो’

विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलमा दुई नेपाली फिल्म रिलिज भएका छन् । भोलराज सापकोटा र नम्रता सापकोटाको अभिनय रहेको ‘डेसान : द एपिडेमिक’लाई ड्रामा जनरामा राखिएको छ । कमल एक्चै मगर निर्देशित फिल्मले विवाहेत्तर सम्बन्धले ल्याउने पारिवारिक उतारचढावको कथा भन्छ । डेब्यु कलाकार निशान चौहानको प्रमुख भूमिका रहेको फिल्ममा

फिल्म नचलेपछि पुष्पले ३३ प्रतिशत पारिश्रमिक फिर्ता गर्ने

कोरोना महामारीपछि विदेशमा ठूला स्टारका फिल्म समेत चलेनन् । उनीहरुले निर्मातालाई बचाउनुपर्ने भन्दै आफ्नो पारिश्रमिक समेत फिर्ता गरे । यही शैलीलाई नेपालमा अभिनेता पुष्प खड्काले पछ्याए । राम्रो समीक्षा प्राप्त भए पनि उनको पछिल्लो फिल्म ‘कृष्णलीला’ बक्स अफिसमा चलेन । तर पुष्पले इमान्दारिता प्रदर्शन गरे । आफूले पाएको पारिश्रमिक फिर्ता

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर : प्रेम र बदलाको कथा

साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ ।रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ । ‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो

‘छक्का पन्जा ४’को डिजिटल राइट बिक्यो

निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ । ओएसआर डिजिटल र दीपक राज गिरिबीच केही दिन अघि मात्र कागजी सम्झौता भएको छ। ओएसआरका संचालक ओम प्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर

ऋर्चाले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् । अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ । साउदीमा एक

पल शाह र वर्षा शिवाकोटीको फिल्म ‘वीरविक्रम २’को हिन्दी ट्रेलर रिलिज

पल शाह र वर्षा शिवाकोटीको अभिनय रहेको फिल्म ‘वीरविक्रम २’को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ । कोरोना महामारीको कारण फिल्म हलमा रिलिज हुन नपाएपनि निर्माताले युट्युवमा सार्वजनिक गर्ने घोषणा गरेका छन् । भर्चुअल रिलिजअघि फिल्मको हिन्दी डब ट्रेलर रिलिज भएको हो । निर्देशक चाम्सका अनुसार पुष १५ गते ओएसआर

‘नम्बरी सुन’मा नम्रता र आमेशले जोडी बाँध्ने

राजु गिरीले निर्देशन गर्ने फिल्म ‘नम्बरी सुन’को नायिकामा नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता नारायण खाती र नम्रताबीच सम्झौता भएको छ । उनले आमेश भण्डारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । आमेश र नम्रताले पहिलोपटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । लामो समयपछि यी दुवैको यो कमब्याक फिल्म हुनेछ ।

निश्चल, खगेन्द्र र यज्ञश नयाँ फिल्ममा सहकार्य गर्दै

आगामी एक बेनामे फिल्मको लागि निर्देशक निश्चल बस्नेत, अभिनेता खगेन्द्र लामिछाने र लेखक यज्ञशबीच सहकार्य हुने भएको छ । फिल्मको स्क्रिप्ट लेखन यसै साता सकिएको यज्ञशले जानकारी दिए । पाँच वर्षअघि रिलिज भएको ‘लुट २’पछि यो नयाँ प्रोजेक्टमार्फत निश्चल निर्देशनमा ‘कमब्याक’ गर्दैछन् । ‘हामी प्रारम्भिक चरणमा छौं र अहिलेलाई स्क्रिप्ट

२७ लागिन् साम्राज्ञी, जन्मदिनमा फिल्म ‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा

  साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ यही मंसिर २० गते रिलिज हुने भएको छ । निर्माताले शुक्रबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यसअघि ‘ह्यारीकी प्यारी’ कात्तिकमा रिलिज हुने भनिएको थियो तर प्राविधिक कार्य नसकिएको भन्दै

‘डिसेम्बर फल्स’ टिजर : उपासनालाई कब्जाबाट निकाल्न आर्यनले गरेको संघर्ष

आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । टिजरमा प्रेम, द्वन्द्व र थ्रिलर तत्व समावेश छन् । एक मिनेट १५ सेकेण्ड लामो टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण पक्षहरु खुलासा गरेको छ । आफूलाई रोमान्स र एक्सन फिल्ममा प्रस्तुत गर्दै आएका आर्यन फिल्ममा