क्रिकेट टोलीको तयारीका लागि आयोजित एनआरएनए युएसए कप सम्पन्न

विश्वकप क्रिकेट लिग टूको खेल्ने नेपाली टोलीले तयारी स्वरुप खेलेको एनआरएनए युएसए कप सम्पन्न भएको छ । नेपालले गत बिहीबार नेपाली अल स्टार क्लबसँग र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिष्पर्धा गरेको थियो । जसमा पहिलो खेलमा अल स्टारसँग नेपाल चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले ह्युष्टन हुरिकेनलाई

नीमा र दीपकले उसुको वर्ल्ड गेम्स खेल्ने

नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वर्ल्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीमा र दीपक

भारतकी लिजेण्ड मिथाली राजद्वारा सन्यास घोषणा

भारतीय महिला क्रिकेट टिमकी लिजेण्ड मिथाली राजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् । २३ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको मिथालीले बुधबार सामाजिक संजालबाट घोषणा गरेकी हुन् । ३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेकी छन् । उनले सन्यास घोषणा

जोर्डनविरुद्ध लय परिवर्तन गर्ने नेपाललाई मौका

नेपाली राष्ट्रिय फुटबल टोली यतिबेला एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज बुधबार राति जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यसअघिको नतिजा हेर्दा जोर्डनविरुद्ध नेपालको प्रदर्शन सम्झन लायक छैन् । सन् २०११ मा जोर्डनविरुद्धको ९–० गोलको हार नेपाली फुटबलका लागि कमजोर सावित गर्ने क्षण थियो । त्यसपछि नेपालको तीन नतिजामा एक

एएफसी एसियन कप : जोर्डन र नेपाल भिड्दै

जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले

इटालीले हंगेरीलाई हरायो

युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई हराउँदै नेसन्स लिगको समूह ए३ को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा इटाली २–१ गोलले विजयी बनेको हो । इटालीको जीतमा निकोलो बरेला र लोरेन्जो पेलेग्रिनीले एक एक गोल गरे । हंगेरीले जियानलुका मान्चिनीको आत्मघाती गोलको मद्दतले खेलमा फर्कने प्रयास गरे पनि थप

श्रीलंकाविरुद्धको पहिलो टी–ट्वान्टीमा अष्ट्रेलिया १० विकेटले विजयी

श्रीलंकाविरुद्धको पहिलो टी–ट्वान्टीमा अष्ट्रेलिया विजयी भएको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय २९ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान आरोन

केनको ५० औँ गोलमा हारबाट जोगियो इंग्ल्याण्ड

ह्यारी केनको पेनाल्टीको मद्दतले इंग्ल्याण्ड यूईएफए नेसन्स लिगमा जर्मनीलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । योसँगै केन इंग्ल्याण्डका लागि ५० गोल गर्ने मात्र दोस्रो खेलाडी बनेका छन् । उनले इंग्ल्याण्डका लागि सर्वाधिक गोलकर्ताको सूचीमा सर बबी चार्लटनलाई उछिनेका छन् भने वेयन रुनीभन्दा मात्र ३ गोलले पछि रहेका छन्

मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । राष्ट्रिय टिमबाट बाहिर परेका, नाम चलेका खेलाडीले भरिएको मनाङलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको

जोर्डनलाई रोक्ने नेपालको योजना

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्ध खेल्नुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यस्तो प्रतिकृया दिएका हुन् । ‘हामीलाई धेरै दबाब छैन । किनभने हाम्रो समूहमा पोर्ट ४ को