ट्रफी लिएर स्वदेश फर्कन्छौँ : रुविना क्षेत्री

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोली मलेसियामा आयोजना हुने एसीसीमहिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ । कप्तान रुबिना क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौती पूर्ण भएको बताएकी छन् । रुबिनाले नेपाली महिला टोली ट्रफी नेपाल ल्याउन नसकेकोमा आफूमा चोट भएको भन्दै ट्रफी लिएर स्वदेश फर्किने प्रतिबद्धता जनाएकी

लिग टू : नेपाल र अमेरिका भिड्दै

आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो खेलमा अमेरिकासँग खेल्दैछ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः १५ मा सुरु हुनेछ ।सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने

नेपाल र कुवेतबीचको खेल आज, युवा खेलाडीको परीक्षा

एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली १० बजे) सुरु हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको

फ्रान्स र अष्ट्रीया बराबरीमा रोकिए, क्रोयसियाको जित

यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ । समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रीयासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको

टी–२० अन्तरराष्ट्रिय क्रिकेट : भारतमाथि दक्षिण अफ्रिकाको जित

पाँच श्रृंखलाको पहिलो टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ । यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १(० को अग्रता बनाएको छ । बिहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । दक्षिण अफ्रिकाको

यूईएफए नेसन्स लिग : पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ । शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक–एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने

रोनाल्डोलाई पछि पर्दै सलाहले जिते ’प्लेयर अफ द इयर’ अवार्ड

लिभरपुलका फरवार्ड मोहमद सलाहले पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् । प्रोफेसनल फुटबलर एसोसिएसनले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो । सलाहले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका अन्य ५ खेलाडीलाई पछि पारे । अवार्डका लागि मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक,

नेपाल ओमनसँग १३ रनले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानसँग १३ रनले पराजित भएको छ । ओमानले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा १९८ रनमा समेटिएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रनको योगदान दिए भने देव खनालले ३४ रन

ओमानद्वारा नेपाललाई २१२ रनको लक्ष्य, करणको कसिलो बलिङ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २१२ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको हो । ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले

दक्षिण अफ्रिकासँग भारतको हार

भारतीय क्रिकेट टोलीमाथि पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाले जित निकालेको छ । बिहीबार राति भएको खेलमा भारत दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको हो ।भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रिकाको जितमा रस्सी भान डेर डुसेनले अविजित ७५ रनको