मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको छ । शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो । गुजरातका

एन्फा निर्वाचन : गण्डकी प्रदेशबाट ६ जिल्लालाई मताधिकार

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत गण्डकी प्रदेश फुटबल संघले केन्द्रीय निर्वाचनका लागि प्रदेशबाट मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुङ्गो लगाएको छ । संघको शुक्रबारको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लाले प्राप्त गर्ने मताधिकारको टुङ्गो लगाएको हो । बैठकले संघको केन्द्रीय निर्वाचनका लागि तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ,

फुटबलको विवादमा नयाँ छानविन समिति गठन गर्न एन्फालाई एनएनआईपीएको माग

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले फुटबल खेलाडी र मुख्य प्रशिक्षक विवादको विषयमा छानविन समिति नयाँ बनाउन माग गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी प्रशिक्षक विवादको विषयमा छानविन गर्न एक सदस्यीय समिति गठन गरेको चर्चा चलेको थियो । एन्फाले सुरुमा छानविन समिति गठन भएको जानकारी

राष्ट्रिय भलिबल : पुलिसविरुद्ध आर्मीको पुनरागमन जित

सुरुवाती एक सेटले पछि परेको स्थिति उल्टाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पाँचौं जित निकाल्ने क्रममा आर्मीले पुलिस क्लबलाई १७–२५, २५–२०, ३०–२८, २५–२३ हराएको हो

राष्ट्रिय भलिबल : एपिएफको जीत

छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यू डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यू डायमण्डलाई २५–१९, २५–१० र

नेपाल जिम्बावे ‘ए’ सँग पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको जिम्बावे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । जिम्बावे ‘ए’ का लागि इनोसेन्ट कायाले

नेपालले जिम्बावे ‘ए’ लाई दियो १३७ रनको लक्ष्य

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे‘ए’लाई १३७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३६ रन बनायो । नेपालका सात ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नसकेर आउट भए । नेपालले दोस्रो ओभरको

जिम्बावे‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अभ्यास सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावे‘ए’ ले टस जितेर पहिले पहिले फिल्डीङ गर्ने भएको छ । नेपालले जिम्बावे‘ए’ विरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । टी–ट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय सिरिज जित्ने योजना बनाएको छ ।

नेपाल र जिम्बावे‘ए’ बीचको पहिलो एकदिवसीय खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज शुक्रबार जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । टी–ट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय सिरिज जित्ने योजना बनाएको छ । तर, बलियो टोली जिम्बावे‘ए’ विरुद्ध

युरोपा लिगको उपाधि लागि रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने

यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रान्कफुर्ट भिड्ने भएका छन् । बिहीवार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३–१ हरायो । समग्रमा लाइपजित ३–२ को जित निकाल्न सफल भयो । घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे ।