पन्जाब २० रनले पराजित, लखनउको छैटौँ जित

पन्जाब किङ्सलाई २० रनले हराउँदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेटमा छैटौं जित निकालेको छ । पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । पन्जाबका जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले

विकेशले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता नजनाउने

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् । यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट हुँदा हुँदै मिडियामा बोलेको आधारमा टिमबाट निकालेको बताउँदै खेलाडीको पक्षमा उभिने जनाए ।

मुख्य लक्ष्य नै सिरिज जित्नु हो :कप्तान सन्दीप

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले जिम्बावे एसँगको सिरिज जित्ने टिमको लक्ष्य भएको बताएका छन् । जिम्बावे ‘ए’ विरुद्धको खेलअघि पत्रकारसँग बोल्दै सन्दीपले टिमको मुख्य लक्ष्य सिरिज जित्नु भएकोले त्यसै अनुसार तयारी गरिरहेको बताए । साथै उनले टिमले यो सिरिजलाई एक्स्पेरिमेन्टका रुपमा नहेरेको प्रतिक्रिया दिएका छन् । ‘सिरिज जित्ने मुख्य

जिम्बावे एसँगको एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

जिम्बावे एसँगको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टिममा आसिफ शेख, देभ खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्यल, आरिफ शेख, विनोद भण्डारी, करण केसी रहेका छन् । त्यस्तै सोमपाल कामी, कुशल

क्यामरुनी क्लबसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग आज साँझ मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे क्यामरुनी क्लबको सामना गर्न लागेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा परेर १० खेलाडीले आइतबार नै क्याम्प छोडेका छन् । त्यसपछि

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न एन्फाको निर्देशन

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्देशन दिएको छ । त्यस्तै अन्य तीन जिल्ला भक्तपुर, गोरखा र सिन्धुलीको निर्वाचन पनि १८ गतेसम्म गरिसक्न एन्फाले निर्देशन दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले रातोपाटीलाई जानकारी दिए । रविन चन्दलाई निर्वाचनमा जान नपाउने विषयलाई लिएर विवाद हुँदा

बेन स्टोक्स इंग्लिस टेस्ट टिमको कप्तान नियुक्त

अलराउण्डर बेन स्टोक्स इंग्लिस टेस्ट क्रिकेट टिमको नयाँ कप्तान नियुक्त भएका छन् । उनी इंग्ल्याण्डको टेष्ट टिमको ८१औं कप्तान बनेका हुन् । पुरुष क्रिकेट टिमको म्यानेजिङ डिरेक्टर रोब के ले स्टोक्सलाई कप्तानीमा सिफारिस गरेका थिए भने इंग्लयाण्ड तथा वेल्स क्रिकेट बोर्डले त्यसलाई अनुमोदन गरेको हो । स्टोक्सले अब जो रुटको

नयाँ खेलाडीलाई समेट्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण

एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । मख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गरेका छन् । होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । त्यसको एक दिनपछि अल्मुताइरीले नयाँ खेलाडी प्रशिक्षणमा बोलाएका थिए

एनएसएलका लागि एन्फाले दियो नयाँ मिति

नेपाल स्पोर्टस म्यानेजमेन्टकाले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति दिएको छ । एन्फाले एनएसएल आयोजनाका लागि भदौ १५ असोज २५ सम्मको समय दिएको नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले रातोपाटीलाई जानकारी दिए । एनएसएलले यसअघि भदौ २५ बाट कार्तिक

चेल्सी र युनाइटेडको बराबरी

इग्लिस प्रीमियर लिग (ईपीएल) अन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १–१ अन्तरको बराबरी खेलेका छन् । युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो । पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनी गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।