
यु–१९ राष्ट्रिय क्रिकेट : वागमती प्रदेशको विजयी सुरुवात
गण्डकी प्रदेशमाथि ७४ रनको जित निकाल्दै वागमती प्रदेशले बुधवारबाट शुरु भएको यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको उद्घाटन खेलमा वागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन मात्र बनाउन