
यु–१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिम प्रदेशको सुखद् सुरुवात
कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको १ सय २८ रनको लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । सुदूरपश्चिमको जितमा प्लेयर अफ