प्याव्सनद्वारा स्पेलिङ कन्टेस्ट प्रतियोगिता

क्रेजी संवाददाता पथरी । प्याव्सन पथरीशनिश्चरे नगर समितिको आयोजनामा प्याव्सन स्पेलिंङ कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरे वडा नं. २ को सिनभिलेज पार्टी प्यालेसमा भएको सो प्रतियोगितामा प्राप्ताङ्क बराबर भए पश्चात् टाइब्रेकरमा पूर्व क्षितिज प्रथम र सुपब् मोडल स्कुल दोस्रो भएको छ । यस्तै तेस्रो र चौथो स्थानका

नगरपालिकामा ‘फेरि भेटौला’ कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई ‘फेरि भेटौला’ कार्यक्रम मार्फत् विदाई गरिएको छ । झापाको कन्काई नगरपालिका सरुवा भई जानुभएका खरेललाई आज नगरपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुले संयुक्त रुपमा ‘फेरि भेटौला’ कार्यक्रम मार्फत् विदाई गरेको हो । नगरका लेखा प्रमुख पिताम्बर वस्तीले सञ्चालन गर्नुभएको

मेचीको २७ औं वार्षिकोत्सव तथा २९ औं साधारणसभामा सम्पन्न

क्रेजी संवाददाता पथरी । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औं वार्षिकोत्सव तथा २९ औं साधारणसभासभा इकाई अन्तर्गत पथरी सेवा कार्यालयले विभिन्न व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गर्दै साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्बापो प्रमुख अतिथि, विशिष्ट अतिथिहरू वडा नं. १ का अध्यक्ष भिम

रेडस्टारमा अध्ययनरत पथरीशनिश्चरे–३ का विपिन प्रदेशकै उत्कृष्ट

क्रेजी संवाददाता पथरी । इन्टरनेशनल स्कुल अवार्ड (आई.एस.ए.) २०२१–२०२४ विजेता स्कुल रेडस्टारमा अध्ययनरत विपिन पोखरेलले व्यवस्थापन कक्षा १२ को परीक्षामा प्रदेश नं. १ कै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । पथरीशनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टारले एस.एल.सी. (कक्षा १२) मा पाँच वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याइरहेको स्कुलले

पथरीशनिश्चरेमा दादुरा रुवेला खोप अभियान सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुवेला खोप अभियान सञ्चालन सुरु भएको छ । आजदेखि भदौ २ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको निक्कै उत्साहप्रद रह्यो । नगरको १० वटै वडामा खोप सञ्चालन भएको छ । जसअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुको संख्या ७ सय ९८

पथरीशनिश्चरेमा विश्व आदिबासी दिवसको तयारी, आङ्काजी शेर्पा आउने

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजनाहुने २९ औ विश्व आदिबासी दिवस कार्यक्रममा आदिबासी जनजाति अभियान्ता आङ्काजी शेर्पा आउने भएका छन् । अगष्ट ९ (साउन २४) तारिक आदिबासी जनजातिहरुले २९ औं विश्व आदिबासी दिवस मनाउदै छ । मोरङको पथरीशनिश्चरे नगरमा दिवस मनाउन नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको

विपी स्मृतिमा नेपाली कांग्रेस उर्लाबारीद्वारा सरसफाई कार्यक्रम

क्रेजी संवाददाता उर्लाबारी । नेपाली कांग्रेसका नेता विपी कोइरालाको ४१ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस उर्लाबारीले बजार सरसफाई कार्यक्रमको आयोजना गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधान्मन्त्रि विशेश्वरप्रसाद कोइरालाको ४१ औ स्मृति दिवशको अवसरमा शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेको अवसरमा नेपाली कांग्रेस उर्लाबारी नगरसमितीको आयोजनामा उर्लाबारी–९ को

लर्ड बुद्धद्वारा गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति हस्तान्तरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति हस्तान्तरण कार्यक्रम गरेको छ । हरेक वर्ष संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । आज पथरी शनिश्चरे वडा नं.७ का जिना विसुङ्खे र असन गिरीलाई घरमै गएर

उर्लाबारी बहुमुखी क्याम्पस प्रमुखमा कार्की

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखमा खेमराज कार्की र अम्बिका गौतमलाई सोमबार पदस्थापना गरिएको छ । खादा र अविर लगाएर क्याम्पस प्रमुख कार्कीलाई माइन्युट लगायतका सामान हस्तान्तरण गर्दै निवर्तमान क्याम्पस प्रमुख बेधराज भट्टराईले आफ्नो कुर्सीमा बसाएर पद हस्तान्तरण गर्नुभएको छ । सो

वाल्मीकिद्वारा बधाई, विदाई तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माविले ‘बधाई, विदाइ तथा शुभकामना कार्यक्रम’को आयोजना गरेको छ । शनिबार हरियाली सामुदायिक वन लि. को सभाहलमा भएको कार्यक्रममा विद्यालयले २२ औं ब्याच अन्तर्गतका छात्र छात्राहरुका लागि सो कार्यक्रम आयोजना गरेको हो । शैक्षिक शत्र –२०७९ मा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.