जिल्लास्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता विराटनगर । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलले जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि चुमेको छ । शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङले आयोजनाको सो प्रतियोगितामा एभरेष्टले प्रथम स्थान हासिल गरेको हो । विराटनगरमा अवस्थित आरोहण गुरुकुलमा भएको जिल्ला स्तरीय प्याब्सन

पथरी शनिश्चरेमा प्याब्सन भलिबल टुर्नामेन्ट सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा प्याब्सन भलिबल टुर्नामेन्ट सुरु भएको छ । आज प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको नगर स्तरीय निजी तथा संस्थागत विद्यालयहरूमा अध्ययन गर्ने छात्र छात्राहरूको खेल क्षमता र प्रतिभा प्रस्फुटन गर्ने हेतुले सो प्रतियोगिता आयोजना गरेको हो । छात्र तथा छात्रा

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ मेरिगोल्डलाई

क्रेजी संवाददाता पथरी । नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको सिनियर तर्फको उपाधि मोरङ मेरिगोल्ड स्कुलले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगिताको ट्रफी मोरङ मेरिगोल्डले उचालेको हो । पथरी शनिश्चरेको भूपू सैनिक अंग्रेजी विद्यालयमा भएको लोकनृत्य प्रतियोतिामा सिनियर समूहमा

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता पथरी । नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको जुनियर तर्फको उपाधि एभरेष्ट माविले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगिताको ट्रफी एभरेष्टले उचालेको हो । गत वर्ष पनि एभरेष्टले नगर प्रथम भई जिल्लामा उत्कृष्टता हासिल गरेको थियो ।

खोरेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम

्क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा खारेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम जारी रहेको छ । २६ गते पथरी शनिश्चरे नगरपालिका वडा नं.२ बाट सुरु गरिएको खोरेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम आज वडा नं. ३ मा समापन गरिएको छ । यसैगरी मंसिर १ र ३ गते वडा

पिकनिकको लागि उचित स्थान पथरीको हरियाली पार्क

क्रेजी संवाददाता पथरी । अहिले मौसम न त धेरै गर्मी छ न धेरै जाडो– बिहान बेलुका हल्का चिसो, दिउँसो मध्यम गर्मी । यस्तै मनमोहक मौसममा पिकनिकको योजना बनाइरहनु भएको छ ? यदि हो भने, तपाईंको रोजाइमा हरियाली पार्क एकदमै सही विकल्प हुनसक्छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २

पथरी शनिश्चरेमा श्रमदान अभियान सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शनिबारदेखि श्रमदान सुरु भएको छ । पथरी शनिश्चरेका सक्रिय युवाहरुले वडा नं. २ शान्ति चौकदेखि शिवचोक सम्मको बाटोको दायाँ र बायाँ पट्टीको झाडी फडानी तथा सरसफाइको सुरुवात गरेका छन् । प्रथम चरणको सरसफाई पथरी शनिश्चरे वडा नं. २ को शान्ति चौकदेखि वडा

मेयर तुम्वापोको परिवारलाई आर्थिक सहयोग

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । आज वडा नं. २ मा स्थापित शान्ति टोल विकास समितिले ६७ हजार ४० रुपैयाँ नगद सहयोग प्रदान गरेको हो । जेन जी आन्दोलनको क्रममा भदौ २४ गते प्रमुख तुम्वापोको घर

शान्तिपथको सातौं वार्षिक साधारणसभा

क्रजी संवाददाता पथरी । शान्तिपथ सिंचाई जल उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा–२०८२ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार पथरी शनिश्चरे वडा नं. ७ को जनप्रिय टोलमा सम्पर्क कार्यालय रहेको शान्तिपथ सिंचाई जल उपभोक्ता समूहको वार्षिक साधारण सम्पन्न भएको हो । वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतको प्रमुख आतिथ्यमा

पथरी शनिश्चरेमा जितिया विशेष साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा थारु समुदायको लोकप्रिय जितिया विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिबार ‘भाषा, संस्कृति, भेषभुषा र जातीय पहिचानको संरक्षण’ भन्ने नाराका साथ थारु कल्याणकारिणी सभा पथरी शनिश्चरेको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । नगर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.