भ्वाइस किड्समा टीम सुशान्त र मिलनका चार प्रतिस्पर्धी फिनालेमा प्रवेश

भ्वाइस किड्सको शुक्रबारको एपिसोडबाट चारजना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । दर्शकीय मतको आधारमा निकै रुचाइएका अन्य प्रतिस्पर्धी चाहिँ प्रतिस्पर्धाबाट बाहिरिए ।टीम मिलन नेवारबाट सृष्टि लामा र निशित विके अन्तिम आठमा प्रवेश गरे । टीम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला फिनालेमा प्रवेश गरे । शनिबारको एपिसोडबाट टीम प्रमोद

दीया पुन स्टारर फिल्म ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

आगामी असार ८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक भएको छ । यसमा रहस्य, कौतुहलता र भावनालाई समेट्ने प्रयत्न गरिएको छ ।प्रदीप शाही निर्देशित यो फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । फिल्मको कथावस्तु एक रहस्यमय हत्याको वरपर फन्को मार्छ । फिल्मले हराएको व्यक्तिको खोजी

शाहरुख खानको ‘जवान’ भदौ २१ गते रिलिज हुने

शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’को नयाँ प्रदर्शन मिति तय भएको छ । उनले शनिबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेका हुन् । यो फिल्म अब भदौ २१ गते विहिबार प्रदर्शन हुनेछ । एट्ली निर्देशित यो फिल्म घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति

बाल साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोलिदेखि सुरु हुने बाल साहित्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा हुने महोत्सव पथरीशनिश्चरे–१ मा स्थापित पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ । महोत्सव भोलिदेखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सव उद्घाटन कार्यक्रमका

जारी, प्रसाद २ र नाइँ नभन्नु ल ६ ले कति कमाए ?

‘नाइँ नभन्नु ल ६’ पहिलो साता नै हलबाट हटेको छ । फिल्मले आफ्नै पूर्वश्रृंखलाको उपलब्धिलाई हासिल गर्न सकेन । चलेको ब्राण्ड नै सात दिनमा हलबाट उत्रिएको पहिलोपटक हो । ब्राण्ड र आँचल शर्मासहित अन्य कलाकारको फेसभ्यालुले पनि विरासतलाई जोगाउन सकेन ।चलचित्र विकास बोर्डका अनुसार सात दिनमा फिल्मले २५ लाख रुपैयाँ

नम्रता श्रेष्ठलाई लिएर थ्रिलर फिल्म ‘ह्यासट्याग माया’ निर्माण हुने

ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा फिल्म ‘ह्यासट्याग माया’को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायतको अभिनय रहनेछ । शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो निर्माण समूहले छायांकन आउँदो सातादेखि सुरु हुने जनाएको छ ।

‘परस्त्री’ असार १५ मा नेपाल र भारतसहित विश्वभर रिलिज हुने

शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले शुक्रबार चार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । बलिउड व्यापार समीक्षक तरण आदर्शले सबैभन्दा पहिलो पोस्टर सेयर गर्दै यो फिल्मको

मिस्टर एण्ड मिस नेसनल नेपाल–२०२३ मा २१ प्रतियोगी

मिस्टर एण्ड मिस नेसनल नेपालको तेस्रो संस्करण आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सनुर्भी इन्टरनेसनलले अडिसनबाट प्रतिस्पर्धी छनोट भएको र कुल २१ जना सेमिफाइनलिस्टले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ । काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत प्रतिस्पर्धी छनोट गरिएको नेपाल निर्देशक सन्तोष उपाध्यायले जनाए । प्रतिस्पर्धामा

काठमाडौं बाल स्वास्थ्य संस्थानको परोपकारी दूतमा गायक प्रमोद खरेल

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा स्थापित काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच)को परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् । बिहीबार चपलीहाइटस्थित उक्त बाल अस्पतालमा आयोजित समारोहमा अस्पतालका अध्यक्ष डा. कोइरालाले गायक खरेललाई दूतको नियुक्तिपत्रसहित सम्मान प्रदान गरे । उक्त अवसरमा डा. कोइरालाले लोकप्रिय गायक खरेललाई काठमाडौं इन्स्टिच्युट

फिल्म हुक्का रिलिज हुने भएपछि दङ्ग प्रमीला

अभिनेत्री प्रमीला खनाल अहिले दङ्ग छिन् । उनको खुसीको कारण अरू केही नभएर फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’ हो । फिल्म १२ जेठबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । यसै फिल्म मार्फत उनले पहिलो पटक अभिनेत्रीको रूपमा डेब्यु गरेकी हुन् । थुप्रै फिल्म अभिनय गरे पनि पहिलो पटक अभिनेत्रीको रूपमा देखिँदै गर्दा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.