पब्जी लाइभमा सलिनमानले भने– पुरानै ढर्राका फिल्ममा काम गर्न रुचि छैन
सलिनमान बनियाँलाई ‘ए मेरो हजुर २’ ले एकाएक चर्चामा ल्यायो । टीनएजर दर्शकले खोजेको ‘क्युट लुक्स’का सलिनमानले यो फिल्मबाट स्टार बन्ने लक्षण देखाए । तर उनको दोस्रो फिल्म ‘यात्रा’ बक्स अफिसमा असफल रह्यो । यो सबथोक भएको चार वर्ष बितिसकेको छ । सलिनमान यतिबेला फिल्म वृत्तबाट गुमनाम जस्तै छन् ।


