‘पुरानो बुलेट’ अमेरिकामा हुइंकिने
क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको ठेट नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । चलचित्र अमेरिकाको न्यूयोर्कस्थित गुल्सन थिएटर (टेरेस)मा सेप्टेम्बर १ का दिन प्रदर्शन हुनेभएको हो । आर.एण्ड बी. ग्लोबल म्यानेजमेन्ट आई.एन.सी.का राजेन्द्र राई, बिजेन्द्र राई र रोस्मन राईले प्रदर्शनको जिम्मा लिएको हो ।


