पथरीशनिश्चरेमा सम्पत्ती करको मूल्यांकनका विषयमा छलफल

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको राजस्व परामर्श समितिको आजको बैठकले आगामी आर्थिक वर्षको लागि सम्पत्ती करको मूल्यांकनका विषयमा छलफल अघि बढाइएको छ । नगर प्रमुख दिलीपकुमार राई (किशोर)को आतिथ्यतामा समितिकी संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकले सम्पत्ती करको मूल्यांकनका विषयमा छलफल अघि बढाएको हो

मुख्यमन्त्री शेरधन राईद्वारा गणतन्त्र दिवसको शुभकामना

विराटनगर, १५ जेठ- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात–अज्ञात अमर शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले

गवारो र नेक ब्लास्टले झापाको धानबाली सबै सखाप, मकैमा पनि उस्तै

भद्रपुर, १५ जेठ- ‍“कोराना रोगसँग त लडौँला भन्ने थियो अब भोकले पो मर्ने भइयो”, झोलाभरि सुकेका चैते धानका बाला बोकेर बुधबार झापा गौरादह नगरपालिकाको कृषि शाखा कार्यालयमा हस्याङ–फस्याङ गर्दै आएका विमला धमला र सुजाता भट्टराईले भन्नुभयो, “मुखमा आइसकेको बाली थन्क्याउन पाइएन, पाक्न नपाउँदै धानका बाला सुके, अब के खाएर बाँच्ने

पथरीशनिश्चरे १० का विपन्न २५ परिवारलाई खाद्यान्न वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० की सदस्य मनकुमारी विश्वकर्माको पहलमा दोस्रो पटक वडाका विपन्न २५ परिवारलाई खाद्यान्न राहत वितरण भएको छ । अमेरिकाको ओहायोमा बसोबास गर्ने १० जना नेपालीबाट प्राप्त ४० हजार रकमले प्रति परिवार २५ किलोग्राम चामल, दाल र नून एक एक किलोग्राम

पथरीशनिश्चरेमा वडागत क्षतिको विवरण माग

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा हावाहुरीका कारण वडाहरुमा भएको क्षतिको यकिन विवरण संकलन गर्न वडा समितिलाई जिम्मेबारी दिएको छ । नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा बुधबार १० वटै वडाका वडाध्यक्षहरुसँग छलफल गरी जेठ १२ गते राती पानी सहितको हावाहुरीले वडाहरुमा पु¥याएको

फिल्ड भेरिफिकेशन तथा प्रस्ताव मूल्यांकन र मार्गदर्शन छलफल

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिले कृषि तथा पशुपंक्षी शाखाबाट आर्थिक वर्ष ०७६/७७ को ४ वटा योजनाको फिल्ड भेरिफिकेशन तथा प्रस्ताव मूल्यांकन गरी प्रस्तावकहरु बुधबार छनौट गरेको छ । समितिले फिल्ड भेरिफिकेशन एवम् प्रस्ताव मूल्यांकन गरिसकेपछि समितिका संयोजक यामप्रसाद गुरागाईंको संयोजकत्वको बैठकले अनुदान प्राप्त गर्नेहरुको छनौट

आज नै ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं । नेपालमा एकैदिन ९० जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताए । राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७,

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

क्रेजी साप्ताहिक झापा । झापाको दक्षिणी भाग गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो

पथरीशनिश्चरेमा हावाहुरीले क्षती

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरका दर्जनौं घरमा हावाहुरीले क्षति पु¥याएको छ । गएरातीको हावाहुरीले सवैभन्दा वढी वडा नम्वर ४ को कुशलचौक क्षेत्रमा क्षति पुर्याएको छ । यस्तै हावाहुरीले त्यहाँकी गीता ठकुरीको इँटाको पर्खाल भएको घर पूर्णरुपमा भत्काएको छ । राति सुतिरहेको अवस्थामा छानो समेत उडाएर पर्खाल भत्किदा

विराटनगरमा फार्मेसीको अनुगमन तीव्र

क्रेजी साप्ताहिक विराटनगर । कोरोना भाइरसको त्रास बढिरहहँदा औषधि व्यवस्था विभाग विराटनगरले भने फार्मेसी (औषधि पसल) को अनुगमनलाई तीव्र पारेको छ । यसै क्रममा फार्मेसी सञ्चालकले ठूलै बद्मासी गर्ने गरेको पाइएको छ । विराटनगर अस्पताल एवं विराट नर्सिङ होमभित्र सञ्चालनमा रहेको मेडी प्लस फार्मेसीले म्याद सकिएको औषधि बिक्री गर्दै बिरामीको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.