कोहलपुर घटना प्रकरण : गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन
क्रेजी साप्ताहिक काठमाडौं । कोहलपुरमा हिँजो भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । बाँकेको कोहलपुरमा आइतबार प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेको


