अनौपचारिक श्रमिक हितकोष व्यवस्थापनद्वारा विश्वकर्मालाई उपचार्थ सहयोग
क्रेजी संवाददाता पथरी । अनौपचारिक श्रमिक हितकोष व्यवस्थापन समिति पथरी शनिश्चरे नगरपालिकाद्वारा वडा नं. १० का तेजबहादुर विश्वकर्मालाई १० हजारको चेक हस्तान्तरण गरिएको छ । शुक्रबार नगरपालिकाको सभाहलमा श्रमिक हितकोष व्यवस्थापन समितिद्वारा सूचिकृत श्रमिकको लागि दुर्घटना आर्थिक सहयोग कार्यक्रम अन्तर्गत सो रकम बेल्डिङमा काम गर्दा लडेर हात भाचिएका विश्वकर्मालाई हस्तान्तरण

