मलाई मान्छेले चिढ्याएको चिढ्याएकै छन्– श्रृंखला
यस्तो लाग्छ, पूर्वमिस नेपाल श्रृंखला खतिवडा र गसिप एकअर्काका पर्याय हुन् । उनी सधैंजसो मिडिया लाइमलाइटमा हुने गर्छिन् । अमेरिकामा पढाइ सकेर हालै नेपाल फर्किएकी श्रृंखला पछिल्लो समय सम्बन्धलाई लिएर चर्चामा छिन् । प्रायः सामाजिक सञ्जालमा आउने चर्चालाई लिएर मौन रहन रुचाउने श्रृंखला यो पटक भने मुखर सुनिएकी छन् ।


