एफए कप : सिटी क्वाटरफाइनल पुग्दा टोटनहम बाहिरियो
च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा १–१ गोल गरे । राति नै भएको अर्काे खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० अन्तरले पराजित हुँदै


