प्रियंका कार्की र प्रकाश सपुतलाई लिएर पुर्ख्यौली गाउँमा हरिवंशको नयाँ गीतको छायांकन
फिल्म ‘महापुरुष’को व्यवसायिक सफलतापछि अभिनेता हरिवंश आचार्य गायनमा फर्किएका छन् । गत महिना बिजुली खपतबारेको सिरिजमा उनले काम गरे । पछिल्लो गीत ‘हाम्म हाम्म’ दुई महिनाअघि रिलिज भएको थियो । यतिबेला भने हरिवंशको व्यस्तता एक सांगीतिक भिडियो निर्माणमा छ ।आफ्नै संगीत र स्वरमा रहेको गीत ‘काउली’लाई हरिवंशले पुर्ख्यौली गाउँ काभ्रेको


