पथरीका प्रकाश बने मिस्टर नेपालको मस्ट एक्टिभ आइकन

ईस्वर दुलाल मोरङ । रियल मी मिस्टर नेपाल २०२४ को फाइनलमा पथरी शनिश्चरेका प्रकाश चौहानले मस्ट एक्टिभ आईकन जित्न सफल भएका छन् । उनले मिलेट्री ट्रेनिङमा कडा मेहनत गरेर सम्पूर्ण राउण्डमा उत्कृष्ट प्रस्तुतिहरू दिदंै मस्ट एक्टिभ आईकन जित्न सफल भएका हुन् । क्रेजी साप्ताहिकसँग कुरा गदै उनेले भने–यस वर्ष यस्तै

युवा संघ नगर कमिटीद्वारा विपन्नको घर निर्माण

क्रेजी संवाददाता पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटीद्वारा सहयोग संकलन गरी निर्माण गरिएको विपन्नको घर हस्तान्तण गरिएको छ । शनिबार पथरी शनिश्चरे वडा नं. १० का विपन्न तथा असक्त दिल कुमार राई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष क्षितिज थेबे,

एन.सी.सी. मा सहभागी विद्यार्थीहरूको तालिम निरीक्षण तथा अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङका विभिन्न विद्यालयहरूबाट राष्ट्रिय सेवा दल (एन.सी.सी.)को जुनियर डिभिजन ५० औं ब्याचका विद्यार्थीहरूको तालिमको निरीक्षण तथा अनुगमन भएको छ । आइतबार राष्ट्रिय सेवा दल पूर्व तालिम शिक्षालय, मोरङ (याङ्शीला) का प्रमुख सेनानी राज कुमार बस्नेतको नेतृत्वमा आएको निरीक्षण तथा अनुगमन टोलीले मोरङको पथरी शनिश्चरे –०२ मा

‘सेवारो सोल्टिनी…’ सार्वजानिक

क्रेजी संवाददाता पथरी । विजेता सुनुवार किराती र अशोक सुनुवारको स्वरमा सजिएको ‘सेवारो सोल्टिनी..’बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । सो गीतको निर्माता आयन राई र रेनुका सुनुवार रहेका छन् । पूर्वेली लोक भाकामा आधारित सो गीत शनिबार विजेता सुनुवार अफिसियल नामक युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको हो ।

फोनिज मोरङले ग¥यो वृक्षरोपण र शुभकामना आदान प्रदान

क्रेजी संवाददाता मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आइतबार वृक्षरोपण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी रजत जयन्ती धुमधामको साथ मनाएको छ । आदिबासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिज आइतबारदेखि २५ औं वर्ष पुगेको छ । संस्थाको रजत जयन्तिको अवसरमा फोनिज मोरङले पथरीशनिश्चरे १० स्थित पशुपति

सामुदायिक वन उपभोक्ता महासंघले मनायो वन दिवस

क्रेजी संवाददाता पथरी । ‘सामुदायिक वनको प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ मोरङले सामुदायिक वन दिवस मनाएको छ । शुक्रबार वन दिवसका अवसरमा उर्लावारी १ मा रहेको मनोहर सामुदायिक वनको हलमा सम्पन्न कार्यक्रममा उर्लावारी नगरउपप्रमुख मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो

भुल्के जल उद्योगको अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख एवं नगर स्तरीय अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको अगुवाईमा बजार अनुगमन समितिले श्री भुल्के जल उद्योगको अनुगमन गरेको छ । आज पथरी शनिश्चरे वडा नं. १ मा स्थापित सो उद्योगले विक्री गरेको पानी वडा नं. २ का एक उपभोक्ताले घरमा जारको

डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम

क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे वडा नं. १ को आयोजनामा डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा नं. १ को गोर्खाडिपार्टमेन्ट स्टोर अगाडि औपचारिक कार्यक्रम पश्चात् खोज र नष्ट पार कार्यक्रम सम्पन्न भएको हो । वडा नं. १ का अध्यक्ष

फ्रान्सेली स्काउट टोलीद्वारा रेडस्टार र पञ्चायतका विद्यार्थीहरूसँग अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । फ्रान्सेली स्काउट टोलीले पथरी शनिश्चरे नगरपालिका क्षेत्रका स्काउट विद्यार्थीहरूसँग विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको छ । साँस्कृतिक आदान प्रदान र स्काउटिङको अनुभवलाई साझा गर्ने हेतुका साथ उनिहरुले स्थानीय विद्यालयहरूमा भ्रमण गर्दै विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका हुन् । फ्रान्सबाट आएका चार सदस्यीय टोलीले पथरी शनिश्चरे वडा नं.

पथरीमा प्रहरीले एडीएस टिम बनाए पश्चात् ११ जना लागू औषध प्रयोगकर्ता पक्राउ

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकामा लागू औषध प्रयोग कर्ता न्युनिकरण गर्ने हेतुले लापसे (लागू पदार्थ सेवन) परीक्षण सुरु भएको छ । भर्खरै इलाका प्रहरी कार्यालय पथरी प्रमुख डिएसपी मोहन विक्रम दाहालको आगमनसँगै लापसे परीक्षण सुरु गरिएको हो । आज नै ११ जना युवा युवतीहरू लागूूपदार्थ सेवन प्रयोग गरेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.