वडा नं. १ को आयोजनामा वृक्षारोपण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा दुई दिने वृक्षारोपण कार्यक्रम संचालन भएको छ । आज वडाको आयोजनामा वन तथा वातावरण संरक्षण अन्तर्गत वडा नं. १ को रत्न हरित बोटानिकल पार्कमा दुई दिने वृक्षारोपण कार्यक्रम संचालन भएको हो । वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष भीम कुमार

वडा नं. ८ मा नौमती बाजा प्रशिक्षण समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ ले ‘वडा नम्बर आठको आंकृति, जोगाऔं हाम्रो संस्कृती’ भन्ने स्लोगनका साथ विभिन्न जातजातिको परम्परागत संस्कृति संरक्षण तथा पुस्तान्तरण गर्दै आएको छ । वडाभित्रका महिलाहरुलाई संगठित गरी दुई महिने नेपाली मौलिक नौमती बाजा प्रशिक्षण गरी शुक्रबार बुद्ध माविका विद्यार्थीहरुलाई नौमती बाजाको

वडा नं. १० को सहयोगमा दुई दिने शेयर बजार तालिम

क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा दुई दिने शेयर बजार तालिमको उद्घाटन भएको छ । आज पथरीको मनोहर होटल एण्ड पार्कमा श्री कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजना तथा पथरी जेसीजको सह–आयोजनामा शेयर बजार तालिम सुरु भएको हो । कञ्चनजंघाका अध्यक्ष सागर थापाको अध्यक्षतामा भएको

हरियालीमा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन

क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहमा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन गरिएको छ । शुक्रबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सुविधा सम्पन्न व्यवस्थित पौडी पोखरीको उद्घाटन गर्नुभएको हो । वनका अध्यक्ष काबुल बहादुर मगर (विकास)को अध्यक्षतामा भएको सो कार्यक्रममा

हरियालीमा पौडीपोखरी जेठ २५ गतेदेखि सञ्चालन हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वनमा पौडीपोखरीको उद्घाटन हुनेभएको छ । वि.सं. २०७६ मा हरियालीले नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरिसकेको छ । आज वनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी पौडीपोखरीको बारे विस्तृत

आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको समापन

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा भएको तीन दिने आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको आज समापन भएको छ । ‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको थियो । सिन

प्रभावकारी बन्दै वडा नं. ८ को ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’ प्रभावकारी बन्दै गइरहेको छ । वडाले चालू आर्थिक वर्षदेखि सुरु गरेको कार्यक्रम ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’ अहिले वडामा मात्र नभएर नगरमै लोकप्रिय बन्दै गइरहेको छ । आज वडाको कर्मचारी तथा जनप्रतिनिधिहरुको समूह शुक्रबारे निवासी बृषबहादुर

वडा नं. १० मा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन

क्रेजी संवाददाता पथरी । ‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन भएको छ । आज पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको हो । सिन भिलेज

पथरी शनिश्चरेमा विपन्नको घर बनाउँदै एमालेका युवाहरू

क्रेजी संवाददाता पथरी शनिश्चरे । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ विपन्न व्यक्तिको घर निर्माणमा जुटेको छ । मोरङको पथरीशनिश्चरे १० ऐयाबारीका विपन्न नागरिक दिलकुमार राईको घर निर्माणमा युवा संघ जुटेको हो । राष्ट्रिय युवा संघ पथरीशनिश्चरे नगर कमिटीको अगुवाईमा तीन कोठे पक्की वाल र जस्ता पाताको छानोसहितको राईको

रेडस्टारमा साकेला सिली कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा अवस्थित रहेको रेडस्टर माध्यमिक विद्यालयले बुद्ध पूर्णिमा तथा किरात जातिहरूको महान पर्व उभौलीको अवसरमा साकेला सिली कार्यक्रमको आयोजना गरेको छ । भोलिदेखि सुरुवात हुने बुद्ध पूर्णिमा तथा किरात जातिहरूको महान पर्व उभौलीको पूर्वसन्ध्यामा विद्यालयले आज आफ्नो प्राङ्गणमा सो कार्यक्रमको आयोजना गरेको हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.