सञ्चारकर्मी आवाजविहिनको बुलन्द आवाज बन्नुपर्छ– उपप्रमुख बिष्ट

क्रेजी संवाददाता पथरी । सञ्चारकर्मीहरूले समाजमा रहेका निमुखा, पेलिएका, अन्यायमा परेका र आवाजविहिनहरूको बुलन्द आवाज बन्नुपर्ने पथरीशनिश्चरेकी नगरप्रमुख एवं न्यायिक समिति संयोजक यमुना बिष्ट बास्तोलाले बताइन् । बिष्टले विकास पत्रकारिता, मल्टिमिडिया तथा कानुनी सचेतना तालीमको समापनको कार्यक्रममा बोल्ने क्रममा सो कुरा बताएकी हुन् । उनले भनिन् –‘पत्रकार समाजका आँखा हुन,

घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले पालिकाका अपाङ्ग अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा वितरण गर्न थालेको छ । निर्वाचनताका स्थानिय पालिकाका जनप्रतिनिधिले आपाङग, अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता वितरण गर्ने प्रतिवद्धता गरेका थिए । सोही प्रतिवद्धतालाई पूरा गर्दै उर्लाबारी नगरपालिकाले वैशाख महिनादेखि लागू हुनेगरी कार्यक्रम सञ्चालन

मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा सन्जिव

क्रेजी संवाददाता मोरङ । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पूर्व खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा आइतबार भएको साधारणसभा मार्फत् बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमा लामा रहेका छन् । यस्तैगरी सदस्यहरूमा वसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र

नगरका उपप्रमुख सहित न्यायिक समितिका सदस्य सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका न्यायिक समिति जिल्ला हुँदै प्रदेश नं. १ कै उत्कृष्ट हुन सफल भएकोमा कानेपोखरी मिडिया प्रा.लि.ले एक कार्यक्रमका बीच सम्मान गरेको छ । आइतबार पथरीशनिश्चरेको मनोहर होटल एण्ड फन पार्कमा न्याय समितिलाई सम्मान गरेको हो । कार्यक्रममा, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र

भोलि रत्नचौकमा साँस्कृतिक कार्यक्रम हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपसमितिको रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा वैशाख ५ गते (भोलि) साँझ रत्नचोकमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । दिवंगत नेपाली गायक गायिककाहरुको स्मरणमा उनीहरुकै कालजयी गीत गाएर नगरका गायक गायिकाहरुले सम्मान व्यक्त गर्ने कार्यक्रममा गायक पुष्पन प्रधानको विशेष प्रस्तुति रहने

‘मन्त्र’ गीतमा रोमान्टिक सौगात र दीया

सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’को गीत ‘तिम्रै हुँ भन्छ यो मनले’ सार्वजनिक भएको छ ।अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर समावेश गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतमा सौगात र नायिका दीया पुनबीचको रोमान्स चित्रण छ । वैशाख १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले हिमाली क्षेत्रको प्रेमकथा

नेपालको एकदिवसीय वरियता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरियतामा यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल पुरानै वरियतामा कायम भएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १८ औं स्थानमा थियो । नयाँ वरियतामा नेपालले १७ खेलमा

आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । मुम्बई आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । लिगमा ५

आईपीएलः कोलकातामाथि हैदरावादको जित

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको हो । मुम्बईमा कोलकाताले दिएको १७६ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरे । हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१

दीपकले आईपीएल गुमाउने

दीपक चाहारले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन् । चेन्नई सुपर किङ्सका फस्ट बलर दीपकले आईपीएलका बाँकी खेल गुमाउने भएको चेन्नईले जनाएको छ । ढाडको चोटका करण दीपकले बाँकी रहेको आईपीएलको खेल गुमाउने भएका हुन् । आईपीएलमा कमजोर प्रदर्शन गरिरहेको चेन्नईलाई दीपक नखेल्ने भएपछि ठूलो असर परेको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.