वर्षा राउतको गुनासो : ‘कम्प्रोमाइज’ भन्ने शब्द छोरी मान्छेलाई मात्रै लागू हुन्छ हो ?
अभिनेत्री वर्षा राउत पछिल्लो समय निजी जीवनका कारण चर्चामा छिन् । गत वर्ष अभिनेता समेत रहेका श्रीमान् सञ्जोग कोइरालासँगको मनमुटावको कुरा उनी आफैंले सार्वजनिक गरेकी थिइन् । त्यतिबेला सम्बन्ध विच्छेदको सोच आएको टिप्पणी पनि वर्षाले गरेकी थिइन् । समाजको लागि भए पनि आफूहरु मिलेर बस्नुपर्छ भन्ने सुझाव आफूले पाएको उनले


