कानेपोखरीमा ३१ जनाको आरडीटी परीक्षण

क्रेजी साप्ताहिक पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा द्रूत परीक्षण विधि (आरडीटी) बाट ३१ जनाको नमूना परीक्षण भएको छ । दुई चरणमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं. १, २, र ३ वडाबाट २० जना र ४, ५, ६ र ७ बाट ११ जनाको द्रुत परीक्षण विधि

कामना सेवा विकास बैंकको राहत

क्रेजी साप्ताहिक पथरी । कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका मोरङको पथरीशनिश्चरे नगरपालिकाका दैनिक ज्यालामजदुरको राहतका लागि आज कामना सेवा विकास बैंक पथरी शाखाले ५ सय ५० किलोग्राम चामल उपलब्ध गराएको छ । बैंकका शाखा प्रमुख वीरेन्द्र भण्डारी सहितको कर्मचारी टोलीले नगरको कोरोना भाइरस जोखिम

लकडाउनमा सभाषदद्वयको दैनिकी बंगुर र कुखुरा पालनतर्फ

क्रेजी साप्ताहिक पथरी । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी लकडाउनको समय मुलुकमा विकास निर्माणहरुलाई समेत ठप्प पारेर चुनौतीपूर्ण एकान्तबाँस बन्दाबन्दीको जीवनमा जिउन विवश बनाएको छ । यस्तो अवस्थामा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र चण्डीप्रसाद राई भने लकडाउनको बेला समय विताउने फरक शैली अपनाएका छन् । मोरङ पथरीशनिश्चरे निवासी संविधानसभा

नगरपालिकाद्वारा एग्रोभेट पसलहरुलाई अनुरोध

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा सञ्चालित पशुपंक्षी र कृषिजन्य सामग्री विक्री गर्ने ‘एग्रोभेट’ पसलहरुलाई वैधानिक र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अनुरोध गरिएको छ । नगर उपप्रमुख एवमन् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरको पशुपंक्षी शाखामार्फत आज वडा नम्वर १ को पथरी बजारमा एग्रोभेट

प्रदेश नं. १ मा कोभिड–१९ परीक्षणको दायरा बढाउन माग

क्रेजी साप्ताहिक विराटनगर । प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस)का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ यहाँ आयोजित भिडियो कन्फ्रेन्समा उहाँहरुले संयुक्त रुपमा परीक्षणका लागि ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् । उहाँहरुले क्वारेन्टाइनमा बसेकाहरुको

पथरीशनिश्चरेमा राहत ग्रहण तथा योजना अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेका दैनिक ज्यालामजदुरी गर्नेको राहतका लागि आज (विहिबार) जीवन विकास लघुवित्त वित्तीय संस्थाको पथरी शाखाले १ हजार किलोग्राम चामल उपलब्ध गराएको छ । संस्थाकी कर्मचारी गीता खत्री सहितले कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राई, राहत व्यवस्थापन

मास्क नलाउनेलाई भारतमा ५ हजार रुपैयाँ जरिवाना

क्रेजी साप्ताहिक भारतको केरला राज्यमा अवस्थित बयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिन्डुल गर्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ । केरलाको बयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका छन् । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएका

शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाखको क्षति

क्रेजी साप्ताहिक दमक । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आज बिहान शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाईँको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चापागाईँको घरबाट शुरु भएको आगोले

कुवेतमा १० जना नेपालीमा कोरोना संक्रमण

कुवेतमा एकैदिन १० जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । बुधवार थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १० नेपालीसहित ३ सय जना नयाँ संक्रामित फेला परेका हुन् ।

मकैमा दाना नलागेपछि कृषकहरु चिन्तित

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे ५ का किसानहरु मकैमा दाना नलागेपछि चिन्तित बनेका छन् । रमेश कविरतले लगाएको करिब चार बिगाह जमिनमा लहलह परेका मकैमा घोघा लागे पनि मकैका दाना भने छैन । कुनै कुनै मकैका घोघामा दाना लागे पनि (थोते) पातलो मकै फलेको छ । सुनसरी भुटाहाको ब्रहम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.