
ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त
क्रेजी साप्ताहिक बाँके । ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि अहिले बाँकेको कोहलपुर तनाबग्रस्त बनेको छ । आज बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो । घटना लगत्तै विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् ।