नमूना बालआश्रमका ८ जनालाई नागरीकता
क्रेजी साप्ताहिक पथरी । मोरङको उर्लाबारीमा अवस्थित नमूना बाल गृहमा आश्रित ८ जनाले अहिलेसम्म नागरिकता लिइसकेका छन् । बालगृहले नै उनीहरुको नागरिकता बनाइदिएको हो । उर्लाबारी नगरपालिकाले यहाँका प्रत्येक बालबालिकाको जन्मदर्ता गर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत बाल गृहले नागरिकता बनाइदिने गरेको बालआस्रमकी अध्यक्ष मिना बरालले बताइन् ।


