काठमाडौं फर्कंदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते
क्रेजी साप्ताहिक पथरी । सिन्धुपाल्चोकमा हिँजो भएको बस दुर्घटना मा परि ५ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा बिहान करिब दश बजे दुर्घटना भएको थियो । दुर्घटनामा ४० भन्दा बढी यात्रु घाइते भएका छन्।


