सुपर ओभरमा श्रीलङ्कासँग हा–यो न्युजिल्याण्ड
सुपरओभरमा न्युजिल्याण्डलाई हराउँदै श्रीलङ्काले टी–२० शृङ्खलामा विजयी सुरुवात गरेको छ । नियमित ओभरमा दुई टोलीको समान स्कोर भएपछि खेल सुपरओभरमा पुगेको थियो । महिश थिकसानाको कसिलो बलिङबीच न्युजिल्याण्डले एक ओभरमा २ विकेटको क्षतिमा ८ रनमात्र बनाउन सक्यो । जवाफमा चारिथ असालांकाले एडम मिल्नेको बलमा एउटा छक्का र चौका हिकाउँदै टोलीलाई


