मैत्रीपूर्ण खेलमा नेपोलीसँग हार्यो लिभरपुल
इंग्लिस क्लब लिभरपुल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालियन क्लब नेपोलीसँग पराजित भएको छ । स्कटल्यान्डमा आइतबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ३–० गोलअन्तरले पराजित गरेको हो । नेपोलीको जितमा आर्काडुइज मिलिक, लोरेन्जो इन्सिग्ने र अमिन युनेसले गोल गरे । लोरेन्जोले खेलको १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । २९

