साम्राज्ञी र कार्मको रोमान्स दृश्यसँगै बेथानचोकमा सुरु भयो ‘नांगो गाउँ’को छायांकन

दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा सुरु भएको छ । गत सातादेखि सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ । बिदा मनाउन थाइल्याण्ड पुगेकी अभिनेत्री साम्राज्ञी शाहले पनि सुटिङ ज्वाइन गरेकी छन् । छायांकनमा कलाकारहरु दयाहाङ राई, साम्राज्ञी शाह, कार्म, शिशिर बाङ्देल व्यस्त छन् ।

नेपालसँगै ठूला अन्तर्राष्ट्रिय बजारमा ‘जारी’ प्रदर्शन हुने

दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘जारी’को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ । अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा प्रदर्शन मिति तय भएको निर्माण कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ । निर्माता रामबाबु गुरुङले स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणका लागि महत्वपूर्ण उपलब्धि भएको बताए

सुरविना कार्कीलाई लिएर फिल्म ‘मीरा : स्याडो अफ अफ अ रेन्बो’ बन्ने

फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’लाई मैतिदेवी मन्दिरमा मुहूर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बन्न लागेको यो फिल्मलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् । फिल्ममा सुरविना कार्की, निशान

‘क्यामिनो’मा जोडिए सौगात मल्ल

दीपक वलीको आगामी फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा प्रदीप खड्काको समानान्तर भूमिकामा सौगातलाई लिइएको निर्देशक वलीले जानकारी दिए । फिल्ममा अन्य केही चलेका कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी छ । राजबल्लभ कोइराला, नीति शाह र वर्षा सिवाकोटी पनि फिल्ममा अनुबन्धित भइसकेका छन् ।

प्रकाश सपुतको ‘परदेशी २’ कात्तिक ३ मा, ‘भष्मे डन’सँग भिडन्त तय

गायक समेत रहेका अभिनेता प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्देशक नारायण रायमाझीले नयाँ टिजर सार्वजनिक गर्दै कात्तिक ३ गतेलाई प्रदर्शन मिति तय गरेका हुन् । दशैं छेकोमा फिल्म रिलिज हुनेछ । यसअघिको दशैंमा आउने भनिएको फिल्म फागुनमा आउने भनिएको थियो तर

फिल्म ‘जारी’को पहिलो गीत ‘चरी बस्यो’मा दयाहाङ र मिरुनाको नोकझोक

कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को पहिलो गीत रिलिज भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ । भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ । शुक्रबार रिलिज भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ

‘भस्मे डन’ को गेटअफमा फर्किए विपिन

अभिनेता विपिन कार्की ‘भस्मे डन’ को गेटअफमा फर्किएका छन् । उनी शुक्रबारबाट छायाङ्कन सुरु भएको फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’ मार्फत यो गेटअपमा फर्किएका हुन् । विपिनले २०७३ सालमा निर्माण भएको सफल फिल्म ‘पशुपति प्रसाद’मा पहिलो पटक ‘भस्मे डन’ को भूमिका निर्वाह गरेका थिए । उक्त भूमिकाबाट सर्वत्र

अभिनेत्री बेनिशा हमाल निर्देशित फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक

अभिनेत्री बेनिशा हमालको निर्देशनमा ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक भएको छ । वर्षा राउत र विवेक सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म उनकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएका हो । अभिनयको लामो अनुभव ‘मिसिङ ब्राइड’ निर्माणमा खन्याएको बेनिशाले बताइन् । ‘यो मेरो पहिलो भएपनि आफू सफल भएकी

फिल्म ‘बुलाकी’को गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज

अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज भएको छ । गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ

‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीतमा रोमान्टिक आँचल र आशीर्वाद

फिल्म ‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतलाई वसन्त सापकोटाले संगीत गरेका हुन् । प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा कलाकारहरु आँचल शर्मा र आशीर्वाद बराल फिचर्ड छन् । ‘नाइँ नभन्नु ल’ सिरिजकै परिचित लयमा