
वीरगञ्जमा ‘बिहार से काठमाण्डु’ फिल्मको सुटिङ शुरु
वीरगञ्जमा ‘बिहार से काठमाण्डु’ चलचित्रको सुटिङ शुरु भएको छ । आशुतोष फिल्म प्रोडक्सन प्रा.लि. एण्ड नमस्ते नेपाल इन्टरटेनमेन्टले बनाउन लागेको यो चलचित्रको छायांकन बिहिबारदेखि सुरु गरिएको हो । नविनकुमार अग्रवालको प्रस्तुतीमा बन्न लागेको चलचित्रलाई नारायण दत्त उपाध्यायले निर्देशन गर्दैछन् । चलचित्रमा वीरगञ्जकै गोपाल पौडेल र किरण सरकारले लगानी गरेका छन्