
‘टपगन माभेरिक’ले तोड्यो ‘टाइटानिक’को कीर्तिमान, चीन र रुसमा प्रदर्शन हुन बाँकी
अन्ततः टम क्रुज स्टारर फिल्म ‘टपगन ः माभेरिक’ले अमेरिकी बक्स अफिसमा ‘टाइटानिक’को कीर्तिमानलाई उछिनेको छ । भेराइटी म्यागजिनका अनुसार फिल्मले आइतबारसम्म उत्तर अमेरिकी बक्सअफिसमा ६६२ मिलियन डलर कमायो । यो कमाइसँगै ‘टपगन २’ अमेरिकामा धेरै कमाउने सातौं फिल्म बनेको छ । हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सको ११० वर्ष लामो इतिहासमा सर्वाधिक