मिस इण्डिया–२०२२ को उपाधि सिनी सेट्टीलाई

कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया–२०२२ को उपाधि जितेकी छन् । आइतबार बेलुका भएको ग्रान्ड फिनालेमा राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित भए । फिनालेमा कलाकार डिनो मोरिया, मलाइका अरोरा, नेहा धुपियासहित केही फेसन डिजाइनर निर्णायकको रुपमा थिए । देशभरबाट प्रतिस्पर्धीलाई मौका दिन भर्चुअलसहित

‘स्ट्रेन्जर थिङ्स ४’मा दर्शकको चाप बढेपछि नेटफ्लिक्स डाउन

बहुप्रतीक्षित सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का दुईवटा अन्तिम भाग रिलिज भएलगत्तै नेटफ्लिक्सको सर्भर डाउन भएको छ । वेब पोर्टलबारे जानकारी दिने डाउन डिटेक्टर डटकमका अनुसार उक्त सिरिजका दुई एपिसोड लाइभ भएलगत्तै शुक्रबार केही समयका लागि नेटफ्लिक्स नै क्र्यास भएको हो । एकछिनमै १३ हजार भन्दा बढी गुनासो आएपछि नेटफ्लिक्सले यो समस्या

१६ अर्ब भारु लगानीका फिल्मबाट १४ अर्ब मात्र उठ्यो

कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषीफिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहो¥यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोयो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा

‘एक भिलेन रिटर्न्स’को ट्रेलर : प्रेम, सेक्स र बदलाको कथा

जोन अब्राहम, अर्जुन कपुर, दिशा पटानी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । अघिल्लो फिल्मको केही दृश्यसहित ट्रेलर सुरु हुन्छ, जहाँ फिल्मको नयाँ युनिभर्स देख्न सकिन्छ । फिल्मको वास्तविक भिलेन को हो भनेर फिल्मले दर्शकलाई रहस्यमै राखिएकोबारे ट्रेलरमा केही संकेत दिइएको छ ।

‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटको ‘अवतार २’ लुक्स रिलिज

२६ वर्षपछि ‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटले निर्देशक जेम्स क्यामरुनसँग सहकार्य गरेकी छन् । ‘अवतार’को दोस्रो श्रृंखलाले हलिउडका यी दुई हस्तीलाई सँगै ल्याएको छ । ‘अवतार : द वे अफ वाटर’ पुस १ गते नेपालमा रिलिज हुँदैछ । हलिउड म्यागजिन ‘द अम्पायर’मार्फत निर्माताले केट विन्सलेटको अवतार लुक्स सार्वजनिक गरेका छन् ।

‘लाल सिंह चड्डा’ र ‘रक्षाबन्धन’को भिडन्तबारे अक्षयले भने– दुवैलाई दर्शकको साथ मिल्नेछ

  काठमाडौं । बलिउड अभिनेता आमिर खानको ‘लाल सिंह चड्डा’ र अक्षय कुमार अभिनित ‘रक्षाबन्धन’ आगामी अगस्ट ११ मा सँगै रिलिज हुँदैछन् । दुई फिल्मबीच बक्स अफिसमा टक्कर हुने अनुमान गरिएको छ । दुवै फिल्म दर्शकमाझ प्रतीक्षित बनेका छन् । तर एउटै मितिमा जुधेपछि व्यापारलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्

बीटीएस गायक भी गुगलमा सबैभन्दा धेरै खोजिने एसियाली

दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका एक सदस्य भी गुगलमा सबैभन्दा धेरै खोजिने एसियाली बनेका छन् । गुगलका अनुसार सन् २०२२ को जुनसम्म उनलाई सबैभन्दा धेरै सर्च गरिएको छ । फ्यानले उनको व्यक्तित्व र गतिविधिबारे बढी गुगलमा चासो राखेको जनाइएको छ । धेरै खोजिनेको दोस्रो स्थानमा पनि बीटीएसकै जङकुक छन् ।

यौन शोषणको आरोपमा गायक आर केल्लीलाई ३० वर्ष जेल सजाय

आफू सेलिब्रेटी भएको फाइदा उठाउँदै बालबालिका र महिलामाथि यौन शोषण गरेको आरोपमा दोषी करार गर्दै अमेरिकी गायक आर.केल्लीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । उनको वास्तविक नाम रोबर्ट सिल्भेस्टर केल्ली हो । उनीमाथि लामो समयदेखि यौनशोषणको आरोप लाग्दै आइरहेको थियो । ५५ वर्षीय आरएन्डबी कलाकार ठगी र मानवबेचविखनको मामिलामा

काजोल, सुरियासहित ३९७ जनालाई सदस्यताका लागि ओस्कार एकेडेमीको निम्तो

ओस्कार अवार्ड आयोजक संस्था द एकेडेमी अफ आर्ट्स एण्ड साइसेन्जले विश्व फिल्म समुदायका ३९७ जनालाई सदस्यताका लागि निम्तो दिएको छ । यदि निम्तो दिइएका व्यक्तिले प्रस्ताव स्वीकारे उनीहरु ओस्कार अवार्डमा मतदानका लागि योग्य हुनेछन् । यो सूचीमा हलिउड गायिका बिल्ली एलिसदेखि बलिउड अभिनेत्री काजलसम्म छन् । यो सूचीमा भारतको तमिल

अमेरिकी अभिनेत्री मेरी माराको निधन

पपुलर अमेरिकी अभिनेत्री मेरी माराको निधन भएको छ । ६१ वर्षीय अभिनेत्रीको नदीमा डुबेर निधन भएको हो । उनको निधनको विषयमा पुलिस अधिकारीले अहिले अनुसन्धान गरिरहेको छ । पुलिस अधिकारीका अनुसार उनको शव आइतबार केप विन्सेन्टको स्टिफन लोरेन्स नदीमा भेटिएको थियो । उनी पौडी खेल्न जाँदा नदीमा डुबेर मृत्यु भएको