ज्याकलिनलाई सर्तसहित विदेश भ्रमणको अनुमति

दिल्ली अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश भ्रमणका लागि ६ दिनको अनुमति दिएको छ ।आबुधाबीको एस आइल्याण्डमा हुन लागेको आईफा अवार्ड २०२२ मा भाग लिन ज्याकलिनले मे ३१ देखि जुन ५ सम्म भ्रमण अनुमति पाएकी हुन् । बलिउड स्टारहरुले भाग लिने उक्त अवार्ड जुन २ देखि ४ सम्म हुँदैछ ।

कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा

कार्तिक आर्यन र कियारा आडवाणी स्टारर बलिउड फिल्म ‘भुल भुलैया २’ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । रिलिजको नवौं दिनमा यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । दक्षिण भारतीय फिल्मले चुनौती दिइरहेका बेला ‘भुल भुलैया २’को व्यापारले बलिउडलाई राहत दिएको छ । यो फिल्मको सफलताले कार्तिकको करिअरलाई

‘अफेयर’को चर्चाबीच करण जोहरलाई भेट्न न्युयोर्कबाट मुम्बई पुगे प्रबल गुरुङ

केही दिनयता बलिउड मिडिया करण जोहरको ५० औं बर्थडे पार्टीलाई लिएर रंगिएका छन् । बलिउडमा अहिलेसम्मकै ठूलो पार्टी भनिएको यो भव्य जमघटको चर्चा तत्काल सेलाउने छाँटकाँट छैन । बलिउडका ‘हु इज हु’ सेलिब्रिटी उपस्थित पार्टीमा सहभागी हुन संसारभरबाट उनी निकट ‘सेलेब्स’ पनि मुम्बई पुगे । कतिपयले करणको उक्त पार्टीलाई विश्व

आर्यन खानलाई क्रुज ड्रग्स मुद्दामा क्लिन चिट

मुम्बईको चर्चित क्रुज ड्रग्स केसमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालतबाट क्लिन चिट पाएका छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार एनडीपीएस अदालतमा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले आरोपपत्र दायर गरेको थियो । उक्त आरोपपत्रमा आर्यन खानको नाम सामावेश थिएन । ड्रग अन क्रुज मामिलामा शुक्रबार ६ हजार

‘कबीर सिंह’को सिक्वेल तयारी

बलिउड अभिनेता शाहिद कपुरले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिएका छन् । त्यसको पछिल्लो नाम हो, ‘कवीर सिंह’ । यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो । यो फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी थिइन् । ‘कवीर सिंह’ रिलिज भएको ३ वर्ष पुरा भएको छ । यही मेसोमा फिल्मका

कंगनाको ‘धाकड’ फ्लप हुने पाँच कारण

कंगना रनावत ‘बलिउडकी क्विन’ हुन् भन्ने कुरामा दुई मत छैन । उनले ‘फेसन’, ‘तनु वेड्स मनु’, ‘क्वीन’, ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘कृष ३’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छन् । निरन्तर हिट फिल्म दिइरहँदा उनका अन्य फिल्महरुले पनि त्यसरी नै सफलता पाउने फिल्मका व्यापार विश्लेषक तथा समीक्षकको अनुमान

मृत भेटिइन् २१ वर्षीया अभिनेत्री विदिशा

बंगाली अभिनेत्री तथा मोडल विदिशा मृत भेटिएकी छन् । विदिशा बुधबार आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेकी हुन् । २१ बर्षीय उनी नगर बजारको एक भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन् । उनले आत्महत्या गरेको बताइन्छ । पुलिसले उनको शव उनकै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेको हो । उनी बस्ने फ्ल्याटको

बीटीएस ब्यान्डले बाइडेनलाई भेटेर एसियालीमाथिको आक्रमण रोक्न दबाब दिने

ग्रामी मनोनित चर्चित दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने भएका छन् । उक्त भेट हालैका दिनमा अमेरिकामा भएका एसियाली समुदायविरुद्धको आक्रमणका घटना रोक्न माग गर्नेतर्फ केन्द्रित हुने जनाइएको छ । कोभिड–१९ महामारीको समयमा एसियाली मुलुकका मानिसमाथि भएका आक्रमण रोक्न कार्य गर्ने प्रतिबद्धता राष्ट्रपति बाइडेनले गरिसकेका छन्

बलिउड फिल्म निर्देशक हंसल मेहताले लिभ इन पार्टनरसँग १७ वर्षपछि गरे विवाह

बलिउडका चर्चित फिल्म निर्माता–निर्देशक हंसल मेहताले सफिना हुसैनसँग जीवनको नयाँ अध्याय ससुरु गरेका छन् । हंसल मेहता र सफिनाले विवाह गरेका छन् । ५४ वर्षका हंसल मेहताले जीवनको विशेष पलका तस्बिर सेयर गरेर सबैमाझ आफ्नो खुसी व्यक्त गरेका छन् । यी दुई पछिल्लो १७ वर्षदेखि सँगै बसिरहेका थिए तर आफ्नो

क्रिस हेम्सवर्थ स्टारर ‘थोर’को ट्रेलर रिलिज, नेपालमा असार २४ मा प्रदर्शन हुने

हलिउड स्टुडियो मार्भलले प्रतीक्षित सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’को आधिकारिक ट्रेलर सार्वजनिक गरेको छ । यो फिल्म नेपालमा असार २४ गते प्रदर्शन हुँदैछ । ट्रेलरसँगै नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ । ट्रेलरमा क्रिस्टिन बेललाई डरलाग्दो खलपात्र र गोरलाई गड बुचर चरित्रको रुपमा प्रस्तुत गरिएको छ । फिल्मको