
साम्राज्ञी र कार्मको रोमान्स दृश्यसँगै बेथानचोकमा सुरु भयो ‘नांगो गाउँ’को छायांकन
दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा सुरु भएको छ । गत सातादेखि सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ । बिदा मनाउन थाइल्याण्ड पुगेकी अभिनेत्री साम्राज्ञी शाहले पनि सुटिङ ज्वाइन गरेकी छन् । छायांकनमा कलाकारहरु दयाहाङ राई, साम्राज्ञी शाह, कार्म, शिशिर बाङ्देल व्यस्त छन् ।