
नेपाली फिल्मको माहोल बनाउन हिन्दी फिल्म कुर्नु लाजमर्दो बिषयः निश्चल बस्नेत
निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले के गर्ला भनेर बस्नु भन्दा पनि चलचित्रकर्मीहरु आफै अगाडि सर्नुपर्ने बताएका छन् । काठमाण्डौमा आयोजना गरिएको चलचित्र ‘लप्पन छप्पन २’को पत्रकार सम्मेलनमा बोल्दै निश्चलले भने–‘यहाँ कसैले त जोखिम मोल्नै पर्छ । अहिले धेरै मेकरले एउटा हिन्दी चलचित्र आओस्