
पारस शाहबाट कति प्रभावित धीरजको ‘बाबरी’ अभिनय ?
धीरज मगर यतिबेला फिल्म ‘बाबरी’लाई लिएर चर्चाको केन्द्रमा छन् । तर उनी चर्चालाई पछ्याउने स्वभावका छैनन् । बरु चर्चा उनलाई पछ्याउँदै आउँछ । को–स्टारहरु अदिती बुढाथोकी र धीरज नाड्करसँगै धीरज मगर फिल्मको प्रवद्र्धन अभियानमा छन् किनभने रिलिज शुक्रबारदेखि हुँदैछ । फिल्ममा धीरजले सानो राजा साहेबको चरित्रमा अभिनय गरेका छन् ।