‘दुई नम्बरी’को विशेष शोमा सेलिब्रिटी : पूजादेखि सन्तोष पन्तसम्मले रुचाए फिल्म

फिल्म ‘दुई नम्बरी’लाई सेलिब्रिटीले रुचाएका छन् । सामाजिक सञ्जालबाट गायब भएकी अभिनेत्री पूजा शर्मा पनि सरप्राइज दिंदै काठमाडौंमा आयोजित फिल्मको विशेष शोमा सहभागी भइन् । फिल्मको कथावस्तु, प्रस्तुति र सन्देश उत्कृष्ट लागेको पूजाले प्रतिक्रिया दिइन् । अभिनेता सन्तोष पन्तले फिल्मले अर्गानिक कथालाई रमाइलो तरिकाले बुनेको टिप्पणी गरे । शुक्रबारदेखि प्रदर्शन

मुस्ताङबाट फर्कियो ‘अन्तिम संस्कार’ को टिम

प्रदिप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को टिम हिमाली जिल्ला मुस्ताङको छायांकन सकेर फर्किएको छ । चालीस प्रतिशत छायाङ्कन पुरा गरेर बाँकी छायाङ्कन दसैंपछि गर्ने गरेर फिल्म युनिट काठमाडौं फर्किएको हो । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको सांस्कृतिक तथा सामाजिक कथा वस्तुमा बन्न लागेको फिल्म युनिट एक

हलिउडमा ‘ऐना झ्यालको पुतली’ले ओस्कार मतदातालाई आकर्षित गर्न ‘क्याम्पेन’ चलाउने

ओस्कार अवार्डमा सिफारिस नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ले हलिउड सहर लस एन्जलसमा ‘क्याम्पेन’ चलाउने भएको छ । फिल्म लिएर निर्माता रामकृष्ण पोखरेल शुक्रबार राति अमेरिका उड्ने तयारीमा छन् । डेढ महिना अमेरिकामा रहने निर्माता पोखरेलले न्युयोर्क र लस एन्जलसमा फिल्म स्क्रिनिङदेखि प्रचार अभियान चलाउनेछन् । ‘हाम्रो मुख्य उद्देश्य फिल्मलाई ओस्कार

दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’ ट्रेलर : काठमाडौंमा घरको सपना देख्नेको कथा

दयाहाङ राई र विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘के घर के डेरा’को औपचारिक ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले काठमाडौंमा घर बनाउन संघर्ष गर्नेहरुको कथा पेस गर्छ । डार्क कमेडी ड्रामालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । काठमाडौंमा घर बनाउन सपना देख्ने

‘बाबरी’ प्रिमियरमा सेलिब्रिटीको ‘फेसन स्टेटमेन्ट’, जसिता भन्छिन्– धीरजजस्तो ब्वाइफ्रेन्ड चाहियो

फिल्म ‘बाबरी’को रेडकार्पेट प्रिमियर दुई अर्थले खास रह्यो । यो जमघट सेलिब्रिटीको ‘फेसन स्टेटमेन्ट’ बन्यो र अर्को कुरा धेरैपछि कुनै लभस्टोरी फिल्मले मीठो प्रतिक्रिया बटुल्यो । अदिती बुढाथोकी र धीरज मगर भन्ने बित्तिकै फेसन कोणबाट पनि त्यो इभेन्ट महत्वपूर्ण भइहाल्ने नै भयो । नेपाली फिल्ममा फेसनलाई आत्मसात गर्ने यी दुई

निर्माताले सार्वजनिक गरे ‘प्रेमगीत ३’को पहिलो साताको ग्रस कलेक्सन

‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले सामाजिक संजालमार्फत फिल्मको नेपाल, भारत र विश्वब्यापी कमाइलाई बाहिर ल्याएका छन् । उनका अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ । २ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२

क्यूएफएक्सलाई भुवन केसीको पत्र : ‘मुभी कोड नआई फिल्मको बुकिङ नखुलाऊ’

चलचित्र विकास बोर्डले विदेशी फिल्मको प्रदर्शनलाई लिएर थप कडाइ गर्ने संकेत दिएको छ । सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ खुलाउन नपाउने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको

नेपाली फ्यानलाई तृप्ति नाड्करको भिडियो सन्देश : छोरा धीरजको फिल्म हेरिदिनुस्

शुक्रबार प्रदर्शन हुने फिल्म ‘बाबरी’लाई लिएर धीरज नाड्करका दुई अध्याय हुन सक्छन् । पहिलो– आमा तथा अभिनेत्री तृप्ति नाड्करको ‘लिगेसी’लाई निरन्तरता दिने र दोस्रो– आफू अभिनेताको रुपमा स्थापित हुने । यी दुई पक्षबाहेक अरु कुरा उनका लागि गौण हुन । फिल्मको बक्स अफिस अंकगणित उनको नियन्त्रणभन्दा बाहिरको कुरा हो ।

‘प्रेमगीत ४’को तयारी: डोमारी र नाका राज्यबीचको लडाइँमा मिसिएको प्रेम कथावस्तु

  ‘प्रेमगीत’को तेस्रो श्रृंखला अहिले हलमा चलिरहेको छ । निर्माता सन्तोष सेनका अनुसार फिल्मले नेपालमा नेपाली र हिन्दी संस्करणमा पहिलो साता ७ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । दर्शकमाझ फिल्मको चौथो श्रृंखलालाई लिएर पर्खाइ छ । हलमा तेस्रो सिरिज चलिरहँदा निर्माताले चौथो सिरिजको योजनामा काम गरिरहेका छन् ।

‘नालापानी’ ट्रेलर : अंग्रेज फौजमाथि नेपाली वीरताको कथा

नेपाल–अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म ‘नालापानी’को ट्रेलर रिलिज भएको छ । कात्तिक ४ गते प्रदर्शन हुने फिल्मको बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मले नालापानीमा आधुनिक हातहतियार भएको अंग्रेज फौजमाथि बलभद्र कुँवर नेतृत्वको नेपाली फौजले खुकुरी र स्थानीय हतियारको बलमा बहादुरीपूर्वक लडेको कथा पेस गर्छ ।रिमेश